वैशाख ७, वालिङ
स्याङ्जामा अवैध लागू औषधसहित २ जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका ११ स्थित सुम्रेखोलामा लागू औषधसहित २ जना युवा पक्राउ गरिएका हुन् । बिहिबार साँझ ५ बजेको समयमा संकास्पद अवस्थामा फेला पारी जांच गर्दा अवैध लागू औषधसहित भेटिएका युवाहरु पक्राउमा परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । पक्राउ परेकाहरुको साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन १२ एम्पुल, डाईजेपाम १३ एम्पुल गरी जम्मा ३९ एम्पुल लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी गराउनुभएको हो । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका वडा नम्वर ३ का ३२ वर्षीय अनिल क्षत्री र २२ वर्षीय शिव दर्जी रहेका छन् । उनीहरुलाई शुक्रबार जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।