Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा राजयोग प्रशिक्षण हुने

वालिङमा राजयोग प्रशिक्षण हुने

  • गोपाल जिटी
  • आइतवार, बैशाख ९ २०८१


  • वालिङमा राजयोग प्रशिक्षण हुने

    वैशाख ९, वालिङ
    स्याङ्जाको वालिङमा राजयोग प्रशिक्षण हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले यही वैशाख १६ देखि १९ गतेसम्म राजयोग मेडिटेसन प्रशिक्षण गर्ने भएको हो । वालिङ नगरपालिकाका जन प्रतिनिधिहरु र सञ्चारकर्मीसँग आइतबार संयुक्त बैठक गरी ४ दिने राजयोग मेडिटेसन प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी गराइएको हो ।
    कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले मानिसको अन्तिम लक्ष्य भनेको आनन्द हो, आनन्द भयो भने सबै चाहना पूरा भएको अनुभूनि हुने बताउनुभयो । आध्यात्मिकताले मानिसलाई शान्ति र आनन्द मिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले एक स्वयम्सेवी आध्यात्मिक संस्थाले प्रशिक्षण कार्यक्रम राखेर राम्रो गरेको उल्लेख गर्नुभयो ।
    भौतिक विकासका क्रममा पूराना पाटी पौवा, चौतारीहरु विनास भएका छन् । यसरी विकासका नाममा भएका कामले पनि आतङ्कित र उत्तेजना पैदा गराएको एक अनुसन्धानले देखाएको उहाँले औंल्याउनुभयो । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागि स्वयमसेवी संस्थाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भई आत्मिक लाभ लिन प्रमुख प्रशासकीय अधिकृत शर्माले वालिङवासीलाई आग्रह गर्नुभयो ।20240421_081617.jpgसंयुक्त वैठकका प्रस्ताव तथा कार्यक्रमको औचित्य र महत्वका बारेमा ब्रह्माकुमार शङ्कर देवकोटाले प्रकाश पार्नुभएको थियो ।
    प्रशिक्षणमा जनप्रतिनिधि, युवा क्लव, टोल विकास संस्था तथा आमा समूहमा क्रियाशिल व्यक्तिहरुसहित समुदायको सक्रीय २ हजार जनासम्मलाई सहभागी गराउने लक्ष्य रहेको ब्रह्माकुमार देवकोटाले जानकारी दिनुभयो ।
    यसैगरी संसार परिवर्तनमा टेवा पुगोस भनेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वालिङ शाखाकी प्रमुख ब्रह्माकुमारी कविताले बताउनुभयो ।
    अनेकौं जिम्मेवारीहरुको दवाव, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवम् बदलिँदो  परिवेशसँगै सामना गर्नुपर्ने चुनौतिहरुका कारण जीवनशैली अतिव्यस्त र तनावग्रस्त छ ।  व्यक्तिगत पारिवारिक एवम् व्यवसायिक समस्याहरुको वैज्ञानिक तथा आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, मानसिक शान्ति, एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले अपूर्व उत्प्रेरक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
    ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले आयोजना गरेको कार्यक्रमको सहयोगी संस्थाकोरुपमा वालिङ नगरपालिका रहेको छ ।
    कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेद्वारा प्रशिक्षण दिइने आयोजकले जनाएको छ P.jpg

    आइतवार, बैशाख ९ २०८१०५:१६:३५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend