Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निःशुल्क स्टलबाट पैसा लिने नयाँ तरिका गल्याङ महोत्सवमा

निःशुल्क स्टलबाट पैसा लिने नयाँ तरिका गल्याङ महोत्सवमा

  • गोपाल जिटी
  • आइतवार, बैशाख ९ २०८१


  • निःशुल्क स्टलबाट पैसा लिने नयाँ तरिका गल्याङ महोत्सवमा

    वैशाख ९, स्याङ्जा । यतिबेला स्याङ्जाको गल्याङमा तेस्रो गल्याङ महोत्सव चलिरहेको छ । गल्याङ उद्योग वाणिज्यसंघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव सञ्चालन गरिएको हो । गत चैत्र ३० देखि सुरु गरिएको महोत्सव आज ९ गते समापन गर्ने भनिए पनि अरु ३ दिन थप गरिएको छ ।

    कूल १ सय ४० स्टल रहेकोमा स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपंक्षीजन्य सामग्रीहरु, हस्तकलाका सामग्रीहरुका लागि २० वटा निशुल्क ब्यवस्था गरिने आयोजकले भनेको थियो । तर तिनै निःशुल्क भनिएका स्टलबाट शुल्क लिने नयाँ तरिका आयोजकले अपनाएको छ ।

    images

    O.jpgआयोजक गल्याङ उद्योग वाणिज्य संघले निःशुल्क स्टलवालालाई संघको सदस्यता लिनुपर्ने भनेको उनीहरुले बताएका छन् । दाङ देखि आएकी युनिक दिदी बहिनी अल्लो उद्योगकी प्रज्वला ओली भन्नुहुन्छ-पचासौं महोत्सवमा स्टल राखियो यस्तो कहिँ पनि भनेका थिएनन् तर गल्याङमा उद्योग वाणिज्य संघको सदस्यता लिनुपर्छ भनेको छ, अचम्म लाग्यो । बरु पहिला नै भाडा लाग्छ भनेको भए हुने थियो नि, पैसा तिरेर बस्थ्यौं या के गरिन्थ्यो, ओलीले थप्नुभयो ।

    यसैगरी पुतलीबजारदेखि आएकी चन्द्रकला रानाको पनि गुनासो उस्तै छ । सुरुमा निःशुल्क भनियो, अहिले आएर आयोजकले १ हजार तिरेर संघको सदस्यता लिनुपर्ने प्रस्ताव गरेका रानाको भनाई छ । पुतलीबजार ३ कि रानाले आफ्नो चन्द्रशोभा अचार उद्योगको उत्पादन स्टलमा राख्नुभएको छ ।
    यस्तै ढाका उद्यमी वालिङ १ कि सोनु गुरुङ भन्नुहुन्छ, “हामी आफ्नै ठाउँको संघमा सदस्य छौं त यहाँ किन लिनु ? कहिँ नभएको गल्याङमा हुनेभयो । निःशुल्क नभनेको भए हुन्थ्यो नि बरु ।”
    निःशुल्क स्टलवालालाई संघको सदस्यता लिनुपर्छ भन्ने कुरा ठीक हो भनी सोध्दा ठीक भएको संघका सचिव ऋषि बस्यालले बताउनुभयो । हामीले निःशुल्कमा स्टल दिएका छौं, १ हजार तिरेर संघको सदस्यता अनिवार्य गराउँछौं, बस्यालले भन्नुभयो ।

    G1.jpg 

    आइतवार, बैशाख ९ २०८१०५:५१:००

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend