Logo

आइतवार, कार्तिक २ गते २०८३

images

निर्णय विपरित भएपछि अधिकारीले गल्याङ महोत्सवबाट स्टल हटाए

निर्णय विपरित भएपछि अधिकारीले गल्याङ महोत्सवबाट स्टल हटाए

  • गोपाल जिटी
  • सोमवार, बैशाख १० २०८१


  • निर्णय विपरित भएपछि अधिकारीले गल्याङ महोत्सवबाट स्टल हटाए

    वैशाख १०, वालिङ
    मेला महोत्सवहरुमा स्थानीय उत्पादन, हस्तकलालगायतको प्रवद्र्धनलाई प्राथमिकता दिएको पाइन्छ । यस्ता उद्यमीहरुका लागि प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रायः स्टलहरु निःशुल्क उपलव्ध गराइन्छ । स्याङ्जाको गल्याङमा सञ्चालित तेस्रो गल्याङ महोत्सव २०८० मा पनि स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपंक्षीजन्य सामग्रीहरु, हस्तकलाका सामग्रीहरुका लागि निःशुल्क स्टल उपलव्ध गराउने भनेको थियो ।  तर महोत्सव सुरुभएपछि भने त्यस्ता स्टलहरुबाट पैसा लिने सङ्केत गरेपछि राखेको स्टल पनि छाडेर जानेसम्मको अवस्था आएको छ ।
    कृषि तथा स्थानीय उत्पादन एवम् हस्तकलाका स्टलहरुको संयोजकको जिम्मेवारी पाएका गणेशप्रसाद अधिकारीले निर्णय विपरित हुने देखेपछि राजिनामा दिएर आँफूले राखेको स्टलसमेत हटाएका छन् । जिम्मेवार व्यक्तिहरुले शुल्क लिन स्टल व्यवस्थापन समितिलाई र कृषि व्यवस्थापन समितिका केही सदस्यलाई जिम्मेवारी दिई कृषि स्टल, स्थानीय उत्पादन तथा महिला उद्यमीको रकम उठाउन लगाइएको र आँफू निःशुल्क भनिएका स्टलसँग पैसा उठाउन नसक्ने भएकाले महोत्सवबाट आफ्नो स्टल ५ गते नै हटाएको अधिकारीको पत्रमा उल्लेख छ । यसकासाथै कृषि प्रदर्शनी उपसमितिको संयोजकको जिम्मेवारीबाटसमेत मुक्त हुने चाहना पत्रद्वारा आयोजकलाई अधिकारीले व्यक्त गरेका छन् ।J1.jpgकूल १ सय ४० स्टल रहेकोमा स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपंक्षीजन्य सामग्रीहरु, हस्तकलाका सामग्रीहरुका लागि २० वटा निशुल्क ब्यवस्था गरिने आयोजकले भनेको थियो । तर निःशुल्क भनिएका स्टल धनिलाई संघको सदस्यता लिनुपर्ने आयोजकले प्रस्ताव गरेपछि उनीहरु अन्योलमा छन् । पचासौं महोत्सवमा स्टल राखियो, यस्तो कहिँ पनि भनेका थिएनन् तर गल्याङमा उद्योग वाणिज्य संघको सदस्यता लिनुपर्छ भनेको छ, अचम्म लाग्यो । बरु भाडा लाग्छ भनेको भए हुने थियो नि, पैसा तिरेर बस्थ्यौं या के गरिन्थ्यो, एक हस्तकला स्टलधनिको भनाई छ ।
    बेजिल्लाका व्यवसायीलाई संघको सदस्यता वितरण गर्न विधान अनुसार मिल्छ कि मिल्दैन भन्ने संघका पदाधिकारीलाई नै थाह नभएको हो कि भन्ने देखिन्छ । 
    गल्याङ उद्योग वाणिज्यसंघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव सञ्चालन गरिएको हो । गत चैत्र ३० देखि सुरु गरिएको महोत्सव वैशाख ९ गते समापन गर्ने भनिए पनि अरु ३ दिन थप गरिएको हो ।L.jpg

    सोमवार, बैशाख १० २०८१०४:२४:४५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend