Logo

आइतवार, कार्तिक २ गते २०८३

images

सीप सिकाईसहित स्वरोजगारी सिर्जनामा बिरुवा गाउँपालिका

सीप सिकाईसहित स्वरोजगारी सिर्जनामा बिरुवा गाउँपालिका

  • गोपाल जिटी
  • बुधवार, बैशाख १२ २०८१


  • सीप सिकाईसहित स्वरोजगारी सिर्जनामा बिरुवा गाउँपालिका

    वैशाख १२, वालिङ
    स्याङ्जाका ११ पालिकामध्ये बिरुवा गाउँपालिका पनि एक हो । अधिकांश ग्रामिण भेग रहेको बिरुवा गाउँपालिकाको मुख्य आधार कृषि हो । “समृद्ध बिरुवा सुखी बिरुवाबासी” को मूल नारासहित अगाडि बढेको गाउँपालिकाले स्थानीय आवस्यकताको खोजी गर्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
    शीप सिकाई तथा तालिमको आयोजना गरेर नागरिकहरुलाई उद्यम विकासमा गाउँपालिकाले प्राथमिकता दिएको छ । स्थानीयस्तरमै व्यवसायी बनी आय आर्जनमा लाग्न सकून भनेर कषकहरुलाई बालीनाली सम्बन्धी, महिलाहरुका लागि चप्पल बनाउने र ढाका बुनाईलगायतका तालिमहरु सञ्चालनलाई गाउँपालिकाले महत्व दिएको छ ।20240409_141317.jpgगरिवी निवारण कार्यक्रम अन्तर्गत लघु उद्यम विकासका लागि चप्पल बनाउने १० दिने तालिम चैत्र महिनामा सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले जानकारी दिनुभयो । तालिमबाट २९ जनाले चप्पल बनाउने शीप सिकेका छन् । यस्तो तालिम पहिला नै लिन पाएको भए अहिलेसम्म केही गर्न सक्ने रहेछौं भन्ने लागेको सहभागी सदस्य नन्दकुमारी खड्काले बताउनुभयो । यो छोटो तालिमले पनि धेरै सिक्ने अवसर मिलेको छ, केही गर्न सकिन्छ भन्ने लागेको सहभागी सदस्य अस्मिता सुनार बताउनुहुन्छ । तालिमले घरमै बसेर पनि सिकेको शिपको सदुपयोग गरेर आय आर्जनमा लाग्न सकिने आँखा खोलिदिएको उनिहरुको भनाई छ ।
    यसैगरी ८ नम्वर वडाको मेथा भुरुङमा ढाका बुनाई सम्बन्धी दुई महिने तालिम चलिरहेको छ । मेथा भुरुङमा १८ जनाले उत्साहकासाथ ढाका बुन्ने शिप सिकिरहेका छन् भने योसँगै बिरुवा बजारमा पनि अर्को तालिम सञ्चालनको तयारी भैरहेको अध्यक्ष कुँवरले बताउनुभयो ।
    गाउँपालिकाले वार्षिकरुपमा किसान प्रोत्साहनका कार्यक्रमसँगै कृषकहरुलाई बिभिन्न बालीनाली सम्बन्धी तालिममा सरिक गराएको छ । यसअघि गाउँपालिका भित्र ३ वटा समूहलाई आलु लगाउने सम्बन्धी आइपिएम कृषक पाठशाला तालिममा किसानहरुलाई सहभागी गराइएको हो । जसमध्ये चिन्नेबास कृषक समूह, बिरुवा र किचनासगरी तीन स्थानमा तालिम सञ्चालन गरेर किसानहरुको क्षमता वृद्धिमा जोड दिइएको छ । कृषक पाठशालाको सिकाईले धेरै ज्ञान लिन पाइएको र उत्पादनमा पनि वृद्धि भएको तालिम लिएपछि आलु खेति गरेका केशव लम्साल र एमुना लम्साल बताउँछन् । कृषि ज्ञानकेन्द्र स्याङ्जाको आयोजनामा गरिएको तालिममा प्राविधिकसहित गाउँपालिकाले बेला बेलामा अनुगमनसहित सल्लाह दिएर थप उत्साह प्रदान गरेको उनीहरुको भनाई छ ।B1.jpgयसैगरी प्रविधिका क्षेत्रमा पनि बिभिन्न तालिममा युवाहरुलाई प्रशिक्षित गरिएको छ । यस अन्तर्गत डिस होम मर्मत तालिम चैतको अन्तिम हप्ता सम्पन्न गरिएको छ । स्वरोजगार सम्बन्धी एकदिने तालीम  प्रदान गरिएको हो । एक टोल एक प्राविधिक उत्पादन गर्ने उद्देश्यले पहिलो चरणमा एक वडाबाट एक जनालाई तालिम दिइएको हो । डिस मिडिया नेटवर्क ( डिसहोम ) को प्राविधिक सहयोगमा तालिम प्रदान गरिएको हो । तालिममा डिसहोम जडान गर्ने तरिका, छाताको अवस्था, एवम् सिग्नल ठिक छ कि छैन भन्ने लगायतका सिकाई गराइएको छ । योसँगै अब गाउँमै युवाहरुले तालिम प्राप्त गरेपछि टेलिभीजनमा आउने सामान्य समस्याका लागि टाढाबाट प्राविधिक खोज्नुपर्ने समस्या हट्ने छ ।
    त्यस्तै खेल क्षेत्रमा लाग्ने युवाहरुलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको छ । युवाहरुलाई खेल सम्बन्धी ज्ञान लिनका लागि नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ललितपुरको सहयोगमा प्रशिक्षित गराइएको हो । गण्डकी प्रदेशमा एउटा मात्रै तालिम सञ्चालन गर्ने कार्यक्रम भए अनुसार बिरुवामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा भलिबल, फुटबल, ह्याण्ड बल, कपर्दी, एथलेटिक्स गरी ५ वटा विधामा १५ दिने प्रशिक्षण सम्पन्न गरिएको अध्यक्ष कुँवरले बताउनुभयो । प्रशिक्षणबाट छिमेकी पालिका भीरकोट र वालिङ नगरपालिकाका युवाहरुलेसमेत लाभान्वित भएका छन् ।B.jpg

    बुधवार, बैशाख १२ २०८१०४:४०:५३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend