Logo

आइतवार, कार्तिक २ गते २०८३

images

चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम

चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम

  • PNN Times
  • बिहिवार, बैशाख १३ २०८१


  • चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम

    वैशाख १३, वालिङ
    स्याङ्जाको चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम सुरु भएको छ । चापाकोटको १० नम्वर वडामा महिला लक्षित कार्यक्रम अन्तर्गत उद्घोषण तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम बिहिबारदेखि सुरु गरिएको हो । शनिबारसम्म सञ्चालन हुने कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय स्याङ्जाका सदस्य निर्मला नेपालीले यस्ता तालिमहरुले महिला शसक्तिकरणमा टेवा पुग्ने बताउनुभयो । उहाँले तालिमले महिलाहरुमा बोल्ने क्षमताको विकास गर्ने र व्यक्तित्व विकासमा टेवा पुग्ने भएकाले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो  ।
    कार्यक्रममा वडा अध्यक्ष रामु कोईरालाले महिलाहरुलाई शसक्त बनाउनका लागि बोल्ने कलाको विकास हुनुपर्ने भएकाले वडाले महिला तथा बालबालिका लक्षित शिर्षकमा छुटयाईएको बेजटले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । 
    आगामी दिनमा महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि सिपमूलक तालिमहरु पनि  सञ्चालन गर्दैजाने वडा अध्यक्ष कोईरालाले बताउनुभयो । कार्यक्रमको सञ्चानल कार्यपालिका सदस्य शान्ति श्रेष्ठले र स्वागत चिनुमायाँ श्रेष्ठले गर्नुभएको थियो । ३० जनाको सहभागिता रहेको तालिममा वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले सहजीकरण गरेका छ।20240425_131043.jpg

    बिहिवार, बैशाख १३ २०८१०४:४३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend