Logo

आइतवार, कार्तिक २ गते २०८३

images

विपद् व्यवस्थापन गठन गर्न नगरपालिकालाई अनुरोध

विपद् व्यवस्थापन गठन गर्न नगरपालिकालाई अनुरोध

  • गोपाल जिटी
  • शुक्रवार, बैशाख १४ २०८१


  • विपद् व्यवस्थापन गठन गर्न नगरपालिकालाई अनुरोध

    वैशाख १४, वालिङ
    स्याङ्जाको वालिङ नगरपालिकालाई विपद् व्यवस्थापन समिति गठन गर्न अनुरोध गरिएको छ । नगरपालिकाका १४ वटै वडामा विपद् व्यवस्थापन समिति गठनका लागि नगरपालिकाको नगर प्रशासनले जनप्रतिनिधिहरुलाई एक पत्र लेखी अनुरोध गरिएको हो ।
    लामो समयसमम्म परेको खडेरी, सो बाट सिर्जित हुनसक्ने आगलागीका घटनाहरु र मनसुनजन्य विपद्का घटनाहरुलाई न्युनिकरण गर्नका लागि वालिङ नगरपालिकाको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७५ परिच्छेद् ३ को दफा ६ (२) वमोजिम आ—आफ्ना वडाहरुमा, वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गर्नुहुन अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।N.jpg

    शुक्रवार, बैशाख १४ २०८१०६:५६:२२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend