वैशाख १५, वालिङ
स्याङ्जाको चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । चापाकोटको १० नम्वर वडाद्वारा किसानमा आयोजित उद्घोषण तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम शनिबार सम्पन्न भएको हो ।
तालीम समापन कार्यक्रमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला समन्वय स्याङ्जाकी सदस्य निर्मला नेपालीले यस्ता कार्यक्रमहरुले महिला शसक्तिकरणमा मदत पु¥याउने बताउनुभयो । उद्घोषण एक बोल्ने कला हो, योसँगै क्षमता विकाससम्बन्धी तालिमबाट महिलाहरु सामाजिक अगुवाईमा टेवा पुग्ने नेपालीले उल्लेख गर्नुभयो । उहाँले अध्ययनलाई अगाडि बढाउनुपर्ने भन्दै आफ्नो रुचीलाई निरन्तरता दिन आग्रह गर्नुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै निरन्तरता दिन सकेको भने कुनै अर्थ नहुने उहाँले औंल्याउनुभयो । महिला शसक्तिकरणसहित वडावासीलाई क्ष्मता विकाससँगै सिपमूलक कार्यक्रमलाई वडाले प्राथमिकता दिएर लाग्नुपर्नेमा जिल्ला समन्वय समिति सदस्य नेपालीले जोड दिनुभयो ।
यसैगरी वडा अध्यक्ष रामु कोइरालाले यो सुरुवात हो, आगामी आर्थिक वर्ष थप कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाउनुभयो । सिकेको ज्ञानलाई निरन्तरता दिदै जान आग्रह गर्दै अध्यक्ष कोइरालाले पूर्वाधार विकाससँगै यस्ता रचनात्मक कार्यक्रमसहित वडाको बजेटलाई अधिकतम उपयोग गरिदै आएको बताउनुभयो । आगामी दिनमा सिटिइभिटीसँग सहकार्य गरेर सीपमूलक कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।
वडाले महिला तथा बालबालिका लक्षित शिर्षक अन्तर्गत तीनदिने तालिमको आयोजना गरेको हो ।
३० जनाको सहभागिता रहेको तालिमको सहजिकरण वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले गरेका थिए ।