Logo

आइतवार, कार्तिक २ गते २०८३

images

बिरुवामा वृहत लोक सांस्कृतिक कार्यक्रम हुने

बिरुवामा वृहत लोक सांस्कृतिक कार्यक्रम हुने

  • गोपाल जिटी
  • मंगलवार, बैशाख १८ २०८१


  • बिरुवामा वृहत लोक सांस्कृतिक कार्यक्रम हुने

    वैशाख १८, वालिङ
    स्याङ्जाको बिरुवा गाउँपालिकाले वृहत लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । “हाम्रो बिरुवा हाम्रो शान, लोक संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नारासहित वडा नम्वर ८ स्थित मेथा भुरुङमा बिरुवा गाउँपालिकाका विविध लोक संस्कृतिको प्रदर्शनी एवम् सांस्कृतिक कार्यक्रम गरिने भएको हो । 
    बिरुवा प्रज्ञा प्रतिष्ठानले यही वैशाख २२ गते शनिबार बिरुवा गाउँपालिकाका विविध लोक संस्कृतिको प्रदर्शनी एवम् सांस्कृतिक कार्यक्रम गरिने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो । 
    कुनै पनि स्थानको लोक संस्कृति  उसको मौलिक पहिचान हो । त्यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नु स्थानीय सरकार र सम्वन्धित पक्षको दायित्व हो । बिरुवा गाउँपालिका पनि सांस्कृतिक विविधता भएको पालिका हो । यीनै मौलिक कला र संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा टेवा पु¥याउँने र पुस्ता हस्तान्तरण गर्न सकियोस भन्ने हेतुले गाउँपालिकाका विविध लोक संस्कृतिको प्रदर्शनी एवम् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।Bi.jpg

    मंगलवार, बैशाख १८ २०८१०५:४९:०३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend