Logo

आइतवार, कार्तिक २ गते २०८३

images

न्यायिक समितिले हेर्ने विवादहरु 

न्यायिक समितिले हेर्ने विवादहरु 

  • PNN Times
  • बुधवार, बैशाख १९ २०८१


  • न्यायिक समितिले हेर्ने विवादहरु 

    नेत्रप्रसाद सुवेदी
    वैशाख १८, वालिङ
                            (अन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको )
      
    नेपालको संविधान २०७२ को धारा २१७ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ अनुसार गठित गाउँपालिका र नगरपालिकाको  न्यायिक समितिले  सोही ऐनको दफा ४७ को उपदफा ( १ ) र ( २ ) मा उल्लेख भएका विवादहरु मध्ये दफा ४७ को उपदफा (१) मा न्यायिक निरुपण गर्न पाउने १३ वटा विवादहरुको विषयमा चर्चा गरिएको छ । 
    तेह्र वटा विवादहरु मध्ये गत महिनाहरुको अङ्कमा यहाँ उल्लेखित क्रमशः “क देखि ज” सम्मका विवादहरुको विषयमा चर्चा गरिएको थियो । आज हामी यहाँ (झ) मा उल्लेख गरिएको अन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्नेगरी रुख बिरुवा लगाएको विषयमा चर्चा गर्दछौ ।
    (क) आलीधुर बाँध,पानी कुलो वा पानीघाटको बाँडफाट तथा उपयोग सम्बन्धमा
    (ख) अर्काको बाली नोक्सान गरेको सम्बन्धमा । (ग)  चरन,घाँस,दाउरा सम्बन्धमा । (घ) ज्याला मजुरी नदिएको ।  
    (ङ)  घरपालुवा पशुपंक्षी हराएको वा पाएको । (च) जेष्ट नागरिकको पालनपोषण तथा हेरचाह नगरेको । (छ)  नाबालक छोरा छोरी वा पति पत्नीलाई ईज्जत आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको । (ज) वार्षिक पच्चिस लाख रुपैयाँ सम्मको बिगो भएको घरबहाल र घरबहाल सुविधा ।
    (झ) अन्य व्यक्तिको घर जग्गा वा सम्पतिलाई असर पर्नेगरी रुख बिरुवा लगाएको । (ञ)  आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको । (ट) सँधियारको जग्गा तर्फ झ्यालराखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नुपर्ने परिमाणको जग्गा नछोडी बनाएको ।
    (ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको बाटो, बस्तुभाउ निकाल्ने निकास, बस्तुभाउ चराउने चौर,कुलो,नहर,पोखरी,पाटी,पौवा,अन्त्यष्टी स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पु¥याएको ।
    (ड) संघीय वा अन्य कानुनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेको अन्य विवाद ।
    यस सम्बन्धी विवाद मुलुकी देवानी संहिता, २०७४ को  परिच्छेद –३ को दफा २८४, २८५ र २८६ मा स्पष्ट रुपमा व्याख्या गरिएको छ । मुलुकी देवानी संहिता, २०७४ को दफा २८४ मा कुनैपनि व्याक्तिले रुख वा बिरुवा लगाउदा अन्य व्याक्तिको घर, जग्गा वा सम्पतिलाई असर पुग्नेगरी लगाउन हुदैन  ।  कुनै व्यक्तिले आफ्नो जग्गामा लगाएको रुख बिरुवाको हागा वा जरा फैलिन गई अन्य कसैको सम्पतिमा असर पु¥याएमा त्यस्ता व्यक्तिको घर, जग्गा वा सम्पति नोक्सान नहुनेगरी अरुलाई असर पर्ने रुख वा  बिरुवाको हाँगा वा जरा रुख बिरुवा लगाउने व्यक्तिले नै काटीदिनु पर्दछ । यदि त्यस्तो असर पु¥याउने रुख वा बिरुवाका हाँगा वा जरा रुख बिरुवा लगाउने व्यक्तिले नकाटेमा त्यस्ता रुख बिरुवाबाट सम्पतिमा असर पर्ने व्यक्तिले काट्न सक्नेछ भन्ने कानुनी व्यबस्था रहेको छ । कसैले आफुखुशी रुख बिरुवा लगाई त्यस्ता रुख बिरुवाको कारणबाट कुनै व्यक्तिलाई क्षति पुग्न गएमा वा सम्पतिमा हानी नोक्सानी पुग्न गएमा त्यस्तो काम गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन सक्नेछ ।
    यस सम्बन्धमा रहेको कानुनी व्यवस्थाको विषयमा भए गरेका काम कारवाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारवाही भए गरेको थाहा पाएको मितिले ६ महिना भित्र सम्बन्धित पालिकाको न्यायिक समिति वा जिल्ला अदालतमा विवाद दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।

    बुधवार, बैशाख १९ २०८१११:५४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend