Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामपुरमा हस्तकलासम्बन्धी तालिम सञ्चालन

रामपुरमा हस्तकलासम्बन्धी तालिम सञ्चालन

  • PNN Times
  • आइतवार, बैशाख २३ २०८१


  • रामपुरमा हस्तकलासम्बन्धी तालिम सञ्चालन

    वैशाख  २३, वालिङ
    पाल्पाको रामपुरमा हस्तकलासम्बन्धी तालिम सञ्चालन गरिएको छ । महिला दिदीबहिनीहरुका लागि एक महिने हस्तकलाका सामाग्री उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको हो । रामपुर नगरपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट हस्तकलासम्बन्धी तालिम आज आइतबारदेखि सुरु गरिएको छ । जस अन्तर्गत महिला दिदीबहिनीहरुलाई थाकलको पात र मकैको खोस्टाबाट हाते झोला , टोपी,पर्स लगाएतका विभिन्न सामग्रीहरु बनाउन सिकाइने छ ।
    तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले महिला दिदीबहिनीहरुलाई उद्यमी बनाइ आयआर्जन वृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । देशका प्रायः उद्योग विदेशी कच्चा पदार्थमा आधारित रहेको र त्यसलाई नै प्रबद्र्धन गरिरहेको भन्दै उहाँले स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले नगरपालिकाले विभिन्न तालिम संचालन गरेपनि लगानी अनुसारको काम नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।उहाँले महिला दिदीबहिनीहरुलाई नगरपालिकाले गौरव गर्ने वातावरण सिर्जना हुने गरी उद्यमी बन्न आग्रह गर्नु भएको छ । यस्तै नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारिकरणको व्यवस्था नगरपालिकाले गर्ने बताउनु भयो । नगरपालिकाले गर्ने विभिन्न कार्यक्रममा स्थानीय उत्पादनको प्रयोगमा जोड दिइने उहाँको भनाई छ । साथै उपप्रमुख थापाले कोशेली घर कार्यक्रम मार्फत उत्पादित बस्तुको खरिद विक्रीको व्यवस्था गरिने उल्लेख गर्नभयो ।
    ३० दिनसम्म चल्ने तालिममा नगरपालिका भित्रका ४७ जना महिला दिदी बहिनीहरुको सहभागिता रहेको छ ।

    आइतवार, बैशाख २३ २०८१०६:१३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend