Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा मेलमिलाप कर्ताको लागि एकदिवशीय प्रशिक्षण

वालिङमा मेलमिलाप कर्ताको लागि एकदिवशीय प्रशिक्षण

  • गोपाल जिटी
  • सोमवार, बैशाख २४ २०८१


  • वालिङमा मेलमिलाप कर्ताको लागि एकदिवशीय प्रशिक्षण

    वैशाख २४, वालिङ
    स्याङ्जाको वालिङमा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम आज सोमबार गरिएको हो ।
    कार्यक्रमको शुभारम्भ गर्दै स्याङ्जा जिल्ला न्यायाधिश माननीय वासुदेव पौडेलले मेलमिलाप पुण्यको काम भएको बताउनुभयो । जिल्ला न्यायाधिश पौडेलले मेलमिलापको काम पूण्यको काम भएकाले राम्रोसँग निरुपण गरेर जान मेलमिलाप कर्ताहरुलाई अनुरोध गर्नुभयो । गत हप्ता आँखिोला गाउँपालिकाबाट सुरु गरेको यात्रा आज वालिङ आएको बताउँदै जिल्ला न्यायाधिश पौडेलले नगरपालिकाले यति धेरै मेलमिलाप कर्ता उत्पादन गरेको छ, अवस्य पनि न्यायीक सेवा प्रभावकारी बन्ने विचार व्यक्त गर्नुभयो । वालिङ विवाद हुने पालिकामा पर्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा जिल्लामा आउने मुद्दा न्यून हुने विश्वास व्यक्त गर्नुभयो । न्यायिक कार्य सुत्रवत नहुने भन्दै जिल्ला न्यायाधिश पौडेलले के कस्तो रुपमा आउँछ त्यही अनुरुप निरुपण गर्नुपर्ने उल्लेख गर्नुभयो ।W1.jpgन्यायीक समितिकि संयोजक एवम् वालिङ नगर उपप्रमुख कविता तिवारी गैहे«ले गतवर्ष पालिकामा भएका न्यायीक गतिविधिसहित कार्यक्रमको जानकारी गराउनु भएको थियो । आर्थिकवर्ष २०८०÷०८१ मा जम्मा ६६ वटा मुद्दा आएको उपप्रमुख गैहे«ले बताउनुभयो । उपप्रमुख गैहे«का अनुसार ३४ वटा मुद्दा नगरपालिकामा र ३२ वटा वडाहरुमा मेलमिलाप कर्ताहरुकाबीचमा आएको थियो । यसमध्ये ३ वटा मुद्दा अदालत पठाइएको र बाँकि नगरपालिका तथा मेलमिलापकर्ताहरुबाट निरुपण गरिएको छ । नगरपालिकाका १४ वटै वडामा गरी १ सय १ जना मेलमिलाप कर्ता छन् । सबै मेलमिलापकर्ताहरुलाई कालो कोट प्रदान गरिएको छ भने वडा नम्वर ७ का हुमाकान्त रेग्मी र १४ का लुकामाया पाठकलाई उत्कृष्ट काम गरे वापत प्रशँसा पत्रले सम्मान गरिएको छ ।W2.jpgकार्यक्रमको समापन गर्दै नगरप्रमुख कृष्ण खाँणले स्थानीयतहले न्यायीक सेवाको काम गर्न पाउनु राम्रो अवसर भएको बताउनुभयो । यो अवसरको सदुपयोग गर्दै नगरप्रमुख खाँणले न्याय नपाए वालिङ जानु भन्ने सन्देश दिने उल्लेख गर्नुभयो । आज प्रदान गरिएको कोटको सम्मान गर्दै मेलमिलापकर्ताहरुले चुस्त दुरुस्त न्यायीक सेवा दिने विश्वास नगरप्रमुख खाँणले व्यक्त गर्नुभयो ।W.jpgW2.jpg

    सोमवार, बैशाख २४ २०८१०७:०६:४१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend