Logo

आइतवार, कार्तिक २ गते २०८३

images

बिरुवामा महिलाहरुका लागि ढाका बुनाई तालिम 

बिरुवामा महिलाहरुका लागि ढाका बुनाई तालिम 

  • गोपाल जिटी
  • शुक्रवार, बैशाख २८ २०८१


  • बिरुवामा महिलाहरुका लागि ढाका बुनाई तालिम 

    वैशाख २८, वालिङ
    स्याङ्जाको बिरुवा गाउँपालिकाले महिलाहरुका लागि ढाका बुनाई तालिम  सञ्चालन गरेको छ । “सीप सिकौं, उद्यमी बनौं” भन्ने मूल नारा सहित उपाध्यक्ष उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरिएको हो ।
    २०८० चैत्र २७ देखि गाउँपालिकाद्वारा सञ्चालन गरिएको दुई महिने तालिममा १६ जना महिलाहरु ढाका बुन्ने सीप सिकाईमा सहभागी छन् । 
    “समृद्ध बिरुवा सुखी बिरुवाबासी” को मूल नारासहित अगाडि बढेको गाउँपालिकाले सीप सिकाईसहित रोजगार सिर्जना सम्बन्धी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । B1.jpgगरिवी निवारण कार्यक्रम अन्तर्गत लघु उद्यम विकासका लागि चप्पल बनाउने १० दिने तालिम चैत्र महिनामा सम्पन्न भएको र अहिले ढाका बुनाई तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले जानकारी दिनुभयो । 
    यस अघि वडा नम्वर १ को बिरुवामा चप्पल बनाउने र वडा नम्वर ८ को मेथा भुरुङमा ढाका बुनाई तालिम सञ्चालन गरिसकिएको गाउँपालिकाले जनाएको छ । गाउँ क्षेत्रको मेथा भुरुङमा र अहिले बजार क्षेत्रलाई समेटेर सीप सिकाईसहित आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरिएको गाउँपालिका रोजगार शाखा संयोजक खेम मरासिनीले जानकारी दिनुभयो । उत्साहकासाथ तालिममा सहभागी भएकाले सीप सिकाईसहित व्यवसायी बन्ने विश्वास गाउँपालिकाले लिएको संयोजक मरासिनीको भनाई छ । 
    स्थानीयस्तरमै व्यवसायी बनी आय आर्जनमा लाग्न सकून भनेर महिलाहरुका लागि चप्पल बनाउने र ढाका बुनाईलगायतका तालिमहरु सञ्चालनलाई महत्व दिइएको गाउँपालिकाले जनाएको छ ।
    B.jpg

    शुक्रवार, बैशाख २८ २०८१०३:५०:२३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend