Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवाको ८ नम्वर वडामा समाजघर निर्माण एवम् व्यवस्थापन हुँदै

बिरुवाको ८ नम्वर वडामा समाजघर निर्माण एवम् व्यवस्थापन हुँदै

  • गोपाल जिटी
  • बिहिवार, जेठ ३ २०८१


  • बिरुवाको ८ नम्वर वडामा समाजघर निर्माण एवम् व्यवस्थापन हुँदै

    जेठ ३, वालिङ
    स्याङ्जाका ११ पालिकामध्ये बिरुवा गाउँपालिका पनि एक हो । “समृद्ध बिरुवा सुखी बिरुवाबासी” को मूल नारासहित अगाडि बढेको गाउँपालिकाले वडागतरुपमा पूर्वाधार लगायतका बिकासका कार्यक्रम अगाडि बढाएको छ ।
    अधिकांश ग्रामिण भेग रहेको बिरुवामा ८ वटा वडा रहेका छन् । हरेक वडाबासीको माग र आवश्यकताका आधारमा गाउँपालिकाले बिकास निर्माणका कामलाई प्राथमिकतामा पारेर अगाडि बढाएको हो । यसै शिलशिलामा यो आर्थिक वर्ष ८ नम्वर वडाले टोलहरुमा समाज घर निर्माण एवम् थप व्यवस्थापनलाई जोड दिएको छ । वडाका टोलहरुमा नयाँ समाज घर निर्माणसँगै थप व्यवस्थापनको काम गरिएको हो । 
    गाउँ समाजमा हुने गरेका भेला वैठक तथा मर्दापर्दा गरिने सामुहिक कार्यहरु समाज घरहरुमा सहज र व्यवस्थित हुने भएकाले निर्माण तथा थप व्यवस्थापनमा लागिएको वडा अध्यक्ष नविन आलेले जानकारी दिनुभयो । टोलबासीहरुको माग र आवस्यकताका आधारमा वडा एवम् पालिकाले पनि प्राथमिकतामा पारेर सम्वोधन गरिएको वडा अध्यक्ष आलेले बताउनुभयो ।IMG_1350.JPGअध्यक्ष आलेका अनुसार जनसेवा आमा समूहको लागि रु.९ लाखको लागतमा नयाँ समाज घर निर्माण गरिएको छ । पालिकाको क्रमागत बजेटबाट जनसेवा आमा समूहको लागि समाज घर निर्माण गरिएको हो । योसँगै पहिला बनिसकेका समाज घरहरुमा थप व्यवस्थापनको काम भएका छन् ।
    पोखरी डाँडा समाज घरमा रु.४ लाखको लागतमा शौचालय निर्माण गरिएको छ भने सिमलडाँडा समाज घरमा रु. १ लाख ५० हजारको लागतमा गेट निर्माण सम्पन्न  भएको छ । समाज घर बनेसँगै गाउँमा हुने भोज भतेर वैठक, विवाहलगायतका काममा सजिलो भएको स्थानीय शिवराज शर्मा बताउनुहुन्छ । यसैगरी टोलमा हुने सभा एवम् भेला बैठकका लागि अति आवस्यक थियो, अहिले निकै सहज भएको लोकमायाँ रानाको भनाई छ ।
    यस्तै गरेर तर्लेमा मन्दिर र तर्ले भञ्ज्याङमा प्रतिक्षालय निर्माण गरिएको छ भने वडा कार्यालय भवन अगाडि आवस्यक घेरावार लगाउने काम भैरहेको छ । यो आर्थिक वर्ष पालिकाको रु. १५ लाखको लागतमा कार्यालयमा घेराबारको काम गरिएको हो ।B.jpgथप व्यवस्थापनका क्रममा घर्तिखोला आमा समूहको भवनमा पनि रु.३ लाखको बजेटमा शौचालय निर्माण गरिएको छ । यसैगरी आरुखर्क समाज घरमा रु. ४ लाखको लागतमा किचन, खानेपानी टङ्की, विद्युत जडानलगायतका काम भएको छ । सबै कामहरु पालिकाकै बजेटबाट गरिएको वडा अध्यक्ष आलेले उल्लेख गर्नुभयो ।
    यसरी बिरुवा गाउँपालिकाले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा योजनावद्धरुपमा काम अगाडि बढाएर “समृद्ध बिरुवा सुखी बिरुवाबासी” को मूल नारालाई सार्थकता दिन लागिपरेको छ । 

    B2.jpgB3.jpg

    images

    बिहिवार, जेठ ३ २०८१०४:५८:०७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend