Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ  र मिथिलाको न्यायिक सिकाई आदान प्रदान

वालिङ  र मिथिलाको न्यायिक सिकाई आदान प्रदान

  • गोपाल जिटी
  • शुक्रवार, जेठ ४ २०८१


  • वालिङ  र मिथिलाको न्यायिक सिकाई आदान प्रदान

    जेठ ४, वालिङ
    स्याङ्जाको वालिङ नगरपालिका र धनुषाको मिथिला नगरपालिकाले न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई आदान प्रदान गरेका छन् । वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका कार्य सम्पादनको विषयमा मिथिला नगरपालिकाका न्यायिक समिति र मेलमिलाप कर्ताहरु अवलोकन भ्रमणका लागि वालिङ आएका हुन् । भ्रमण टोलीले वालिङका वडाहरुमा रहेका मेलमिलाप केन्द्रहरुको समेत अवलोकन गरेको छ ।
    वडा नं. १, २, ५, ७, ८ र ९ मा रहेका मेलमिलाप केन्द्रहरुको अवलोकनसहित न्यायिक समिति, वडा अध्यक्षहरु, मेलमिलाप संयोजकहरु, कार्यपालिका सदस्यहरुबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा नगरप्रमुख कृष्ण खांँणले वालिङमा न्यायिक क्षेत्रमा भएको असल अभ्यासको विषयमा जानकारी लिने उद्देश्यले मिथिलाले वालिङलाई रोजेकोमा धन्यवाद व्यक्त गर्नुभयो । पालिकाहरुले आँफूले गरेका असल अभ्यासका विषयमा एकआपसमा सिकाई आदानप्रदान गर्दा थप प्रभावकारी हुने भएकाले यस्ता गतिविधिलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयोे ।W1.jpgकार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले वालिङले अहिलेसम्म गरेका न्यायिक सम्पादनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । वालिङका १४ वटा वडामा १ सय १ जना मेलमिलाप कर्ताहरुमा सम्पूर्ण वर्ग र समुदायको प्रतिनिधित्व रहेको उपप्रमुख तिवारीले बताउनुभयो । कानुनी साक्षरता समुदायदेखि विद्यालयस्तरसम्म पु¥याईएको भन्दै हरेक महिनाको २८ गते कार्यसम्पादनका विषयमा छलफल गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
    नगरपालिकामा कानुन शाखा मार्फत ईजलासबाट हरेक महिनाको  सोमबार र बुधबार न्याय सम्पादन गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले मेयरसंँग जेष्ठ नागरिक सम्मान कार्यक्रम, नगरलाई मासु, दुध र तरकारीमा आत्मनिर्भर बनाउने योजना बनाएको जानकारी गराउनुभयो । W1.jpgकार्यक्रममा मिथिला नगरपालिका उपप्रमुख सुनिता सिंह बुढाथोकीले नगरपालिकामा भएका न्यायिक सम्पादनका विषयमा प्रस्तुति राख्नुभएको थियो । भौगोलिक वनावटका  आधारमा मुद्धाका प्रकृतिसमेत फरक फरक रहेको उल्लेख गर्दै मिथिलामा लेनदेन, मिटर व्याज, साँधसिमाना, दाईजो प्रथा, बालविवाहलगायतका घटनाहरु बढी आउने गरेको उपप्रमुख बुढाथोकीले जानकारी गराउनुभयो । w.jpg

    शुक्रवार, जेठ ४ २०८१०६:५४:५३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend