Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विद्युत महसुल वृद्धि विरुद्ध हस्ताक्षर अभियान

विद्युत महसुल वृद्धि विरुद्ध हस्ताक्षर अभियान

  • गोपाल जिटी
  • बिहिवार, जेठ १० २०८१


  • विद्युत महसुल वृद्धि विरुद्ध हस्ताक्षर अभियान

    जेठ १०, वालिङ
    बुटवल पावर कम्पनीले गरेको विद्युत महसुल वृद्धि विरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको छ ।
    वालिङस्थित बिभिन्न राजनीतिक दल, संघ संस्था एवम् नागरिक समाजद्वारा बुटवल पावर कम्पनीले गरेको विद्युत महसुल वृद्धि विरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको हो । वालिङको मुख्य बजारको चोकबाट हस्ताक्षर अभियानको सुरु गर्दै नेकपा एमाले वालिङ नगर कमिटिका अध्यक्ष शोभाकान्त पौडेलले विद्युत नियमन आयोगले महसुल वृद्धिका लागि कम्पनीलाई दिएको अनुमति सरासर गलत रहेको बताउनुभयो । देशको अर्थतन्त्र धरासायी भैरहेको अवस्थामा विद्युत जस्तो दैनिक जीवनयापनमा आवस्यक पर्ने सेवामा अस्वभाविक चर्को मूल्य वृद्धि न्यायोचित नभएकाले कम्पनीको गलत कदमका विरुद्ध दवाव स्वरुप हस्ताक्षर अभियान सुरु गरिएको उहाँले व्यक्त गर्नुभयो । 
    यसैगरी नेपाली काङ्ग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले मूल्य वृद्धि फिर्ता नगरेसम्म आन्दोलन नरोकिने बताउनुभयो । आम नागरिकको ढाड सेक्नेगरी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता हुनुपर्ने भन्दै सभापति पाण्डेले कम्पनीले आम उपभोक्ताको पक्षमा निर्णय लिन आग्रह गर्नुभयो ।
    कार्यक्रममा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरुको साथमा नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो । B.jpgB1.jpgB2.jpg

    बिहिवार, जेठ १० २०८१०३:१४:१३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend