Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कालीगण्डकीमा प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

कालीगण्डकीमा प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

  • गोपाल जिटी
  • बिहिवार, जेठ १० २०८१


  • कालीगण्डकीमा प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

    जेठ १०, वालिङ
    स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा यही जेठ १२ र १३ गते गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिने आज वालिङमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । 
    कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पूर्वाधार एवम् अन्य विकाससँगै खेलकुदलाई पनि सँगै लैजानुपर्छ भनेर पालिकाले यस्ता प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । नेपालको इतिहासमा जल यातायातको सूरुवात कालीगण्डकीमा भएको हो । कालीगण्डकीको प्रचार प्रसारसँगै यहाँ सञ्चालित स्टिमरमा प्रतियोगिताको उद्घाटन गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो । पानीमाथि पनि प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि प्रतियोगिताको उद्घाटन स्टिमरमा गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो । यसकासाथै आगामी दिनमा गाउँपालिकाले गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालनको योजना रहेको अध्यक्ष थापाको भनाई छ ।
    पत्रकार सम्मेलनमा गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । 
    पछिल्लो समय लोकप्रिय बन्दै गएको बुद्धिचाल खेल कालीगण्डकी गाउँपालिकामा आयोजना गरी खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको विकास गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । कालीगण्डकीले पूर्वाधार विकाससँगै खेलकुदको क्षेत्रमा पनि वजेट विनियोजन गरेर नयाँ खेलको आकर्षण बढाउने, राष्ट्रिय खेलाडी उत्पादन र खेलकुदको विधा मार्फत कार्य कौशलता प्रदर्शन गर्न सफलता मिलोस भनेर पनि प्रतियोगिताको आयोजना गरिएको उद्देश्यमा उल्लेख गरिएको छ । 
    प्रतियोगितामा कालीगण्डकी र गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ४८ जना खेलाडीबीच प्रतिस्पर्धा रहने आयोजकको लक्ष्य छ । गाउँपालिकाको ३ लाख र गण्डकी प्रदेश खेलकुद परिषदको ३ लाख गरी कूल ६ लाख खर्चमा प्रतियोगिता सम्पन्न गरिने छ । आयोजकका अनुसार यहाँ प्रथम, द्वितीय र तृतीय हुनेलाई उचित पुरस्कारसहित एकवर्षभित्र देशभरमा हुने प्रतियोगितात्मक कार्यक्रमहरुमा जाने आउने सुविधासहित प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिने छ ।

    बिहिवार, जेठ १० २०८१०३:५२:५५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend