Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रवाह

रामपुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रवाह

  • PNN Times
  • सोमवार, जेठ १४ २०८१


  • रामपुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रवाह

    रामपुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रवाह
    जेठ १४, वालिङ
    पाल्पाको रामपुर नगरपालिकाले विभिन्न सेवा सहितको एकिकृत घुम्ती शिविर मार्फत सेवा प्रवाह गरेको छ । नगरपालिकाले वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्र जब्गादीमा आइतबार शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको हो । नगरपालिकाबाट प्रदान गरिने विभिन्न सेवाहरु शिविर मार्फत वडा मै पुगेर प्रदान गरिएको हो । शिविर मार्फत योजना फरफारक र भुक्तानी, आँखा, कान दाँत सम्बन्धी स्वास्थ्य परीक्षण, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशुपंछि सम्बन्धी परामर्श र औषधी वितरण,ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण लगाएतका सेवा प्रदान गरिएको छ ।
    जनताको सेवा सहजताका लागि एकिकृत घुम्ति शिविर कार्यक्रम गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विभिन्न सेवा लिन नगरपालिकाको कार्यालयसम्म पुग्न दुरीका हिसाबले टाढा रहेका वडाहरुमा घुम्ति शिविर मार्फत सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो । “सिंहदरबारको अधिकार गाउमा भन्ने नारालाई सार्थक बनाउन  विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको हो ,। उहाँले भन्नुभयो – शिविर मार्फत् नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सबै सेवा घर आँगनबाटै सहज र सरल रुपमा प्रदान गर्दै आएका छौँ ।” साथै नगरपालिकाको सेवालाई अझ सेवाग्राहीमूखी र नागरिकमैत्रि बनाउनका लागि शिविरको महत्वपूर्ण भूमिका रहने उहाँले उल्लेख गर्नुभयो । U.jpgकार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकाको कार्यालयसम्म पुग्न बढि समय लाग्ने वडाका नागरिकहरुलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको बताउनुभयो । नगरबासीको आवश्यकता र आपूmलाई पायक पर्ने एकै स्थानबाट सबै सेवा प्रदान गर्न शिविर आयोजना गरिएको उहाँको भनाई छ ।IMG-20240526-WA0025.jpg

    सोमवार, जेठ १४ २०८१०६:०९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend