Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा मासु पसलहरुको अनुगमन, सुझावसहित आवस्यक सुधार गरिने

वालिङमा मासु पसलहरुको अनुगमन, सुझावसहित आवस्यक सुधार गरिने

  • गोपाल जिटी
  • बुधवार, जेठ १६ २०८१


  • वालिङमा मासु पसलहरुको अनुगमन, सुझावसहित आवस्यक सुधार गरिने

    जेठ १६, वालिङ
    स्याङ्जाको वालिङमा मासु पसलहरुको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्याङ्जा र वालिङ नगरपालिका पशु सेवा शाखाले मासु पसलहरुको अनुगमन गरेको हो । 
    वालिङ नगरपालिका पशु सेवा शाखाको अनुरोधमा मासु पसलहरुको अनुगमन गरिएको पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका भेटेरीनरी नीरिक्षक डाक्टर रुपेश श्रेष्ठले बताउनुभयो । वालिङमा मासु व्यवसायी संघले निवेदन गरेकाले पनि अनुगमनलाई तिव्रता दिइएको डाक्टर श्रेष्ठले जानकारी दिनुभयो । 
    मासु पसलको यथार्थ अवस्थालाई पहिचान गरी सरकारको प्रदेश तथा स्थानीय तहबाट के सहयोग गर्न सकिन्छ भनेर पनि अनुगमनलाई अगाडि बढाईको उहाँले उल्लेख गर्नुभयो ।  कार्य योजना बनाएर आगामी दिनमा मासु पसलको सुधार गर्दै लैजाने, मिनिमम मापदण्ड नपुगेकाहरुलाई मापदण्ड पूरा गर्न सुझाव दिने र मापदण्ड पूरा गर्दै लैजाने योजना रहेको डाक्टर श्रेष्ठको भनाई छ । 
    उहाँले भन्नुभयो, “मैले जाने अनुसार पाँच वर्ष यता पहिलो चरणको अनुगमन गरिएको हो । वालिङ क्षेत्रका अधिकांश मासु पसलहरु  न्यूनतम मापदण्ड भन्दा पनि कम रहेको पाइएको छ । जस्तो कि, ६ फिट उचाइमा टायल लगाउनुपर्ने, मासु काटेर खस्ने ठाउँमा मार्वल लगाउनुपर्ने स्टेनलेस स्टिलका बुचरी सामग्रीहरु राख्नुपर्ने, फ्रिजहरु निरन्तर चालु राख्नुपर्ने, बिभिन्न खाले मासुहरु एक आपसमा मिसाउन नहुने लगायतका साधारण मासु पसलहरुमा हुनैपर्ने अवस्थाहरु नभएको पाइयो । केही समयपछि मासु व्यवसायीहरुलाई ओरियन्टेसन दिन्छौं र सुधारका कामहरु अगाडि बढ्छ ।” 
    अनुगमनका क्रममा मासु व्यवसायीहरुलाई पसलको न्यूनतम मापदण्ड पूरा गर्न, दर्ता नभएकालाई दर्ता गर्न तथा सरसफाइमा विशेष ध्यान दिनलगायतका सुझाव दिइएको डाक्टर श्रेष्ठले बताउनुभयो ।20240529_114442.jpg
    भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्याङ्जा, वालिङ नगरपालिका पशु सेवा शाखाका डाक्टर रोशन बस्यालसहितका कर्मचारीहरु, प्रहरी र पत्रकारहरुको सहभागितामा वालिङ क्षेत्रमा रहेका मासु पसलहरुको आज बुधबार अनुगमन गरिएको थियो ।20240529_114450.jpg

    बुधवार, जेठ १६ २०८१०५:४१:५१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend