Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामपुरमा सिलाई कटाई तालिमसहित प्रविधि हस्तान्तरण

रामपुरमा सिलाई कटाई तालिमसहित प्रविधि हस्तान्तरण

  • PNN Times
  • आइतवार, जेठ २० २०८१


  • रामपुरमा सिलाई कटाई तालिमसहित प्रविधि हस्तान्तरण

    जेठ २०, वालिङ
    पाल्पाको रामपुरमा सिलाई कटाई तालिमसहित प्रविधि हस्तान्तरण गरिएको छ । रामपुर नगरपालिका वडा नं. १ मा महिलाहरुलाई आधारभूत व्यवसायिक सिलाई कटाई तालिमसहित आइतबार प्रविधि हस्तान्तरण गरिएको हो । नगरपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिला दिदी बहिनीहरुको लागि तीन महिने तालिमसंँगै सिलाई मेशिन हस्तान्तरण छ ।
    तालिममा सहभागीहरुलाई प्रमाण पत्र तथा सिलाई मेसिन वितरण गर्दैै वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले तालिमलाई रोजगारमा रुपान्तरण गरी अघि बढ्न आग्रह गर्नुभयो । तालिममा सिकेका सीपको माध्यमबाट आत्मनिर्भर बन्न सकेमा मात्रै तालिम लिएको औचित्य पूरा हुने वडा अध्यक्ष खाँणले उल्लेख गर्नुभयो । उहाँले महिलाहरुलाई उद्यमशिलता तर्फ लाग्न अनुरोध समेत गर्नुभयो । 
    तालिममा सहभागी ८ जना महिलाहरु मध्ये ७ जनालाई सिलाई मेशिन प्रदान गरिएको थियो । 

    आइतवार, जेठ २० २०८१०७:२७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend