Logo

आइतवार, कार्तिक २ गते २०८३

images

बिरुवा गाउँपालिकाका वडाहरुमा सडक स्तरोन्नतिसहित पुल  निर्माणका कामहरुमा तिब्रता 

बिरुवा गाउँपालिकाका वडाहरुमा सडक स्तरोन्नतिसहित पुल  निर्माणका कामहरुमा तिब्रता 

  • गोपाल जिटी
  • मंगलवार, जेठ २२ २०८१


  • बिरुवा गाउँपालिकाका वडाहरुमा सडक स्तरोन्नतिसहित पुल  निर्माणका कामहरुमा तिब्रता 

    जेठ २२, वालिङ
    स्याङ्जाको बिरुवा गाउँपालिकाका वडाहरुमा पूर्वाधारलगायत बिकासका कामहरु धमाधम भैरहेका छन् ।
    गाउँबासीका माग र आवस्यकताका आधारमा बिकासका कार्यक्रमलाई अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो । अधिकांश ग्रामिण क्षेत्र रहेको पालिकामा सडक निर्माणसँगै स्तरोन्नति तथा पुल निर्माणलाई प्राथमिकताकासाथ अगाडि बढाइएको अध्यक्ष कुँवरले बताउनु भएको हो ।
    “समृद्ध बिरुवा सुखी बिरुवाबासी” को मूल नारासहित अगाडि बढेको गाउँपालिकाले वडागतरुपमा गाउँबासीको माग र आवस्यकताको खोजी गर्दै पूर्वाधार लगायतका बिकासका कामहरुलाई जोड दिइएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यातायात विकासको पहिलो आधार हो, त्यसैले पूर्वाधार विकास अन्तर्गत सडकहरुको स्तरोन्नतिसँगै पुल तथा कल्भर्ट निर्माणलाई प्राथमिकता दिएर लागेका छौं ।”
    यसैक्रममा वडा नम्वर ६ मा सडक स्तरोन्नतिसँगै नाला बनाउने तथा पुल निर्माणका कामहरु भैरहेका छन् । केही सम्पन्न भैसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन् ।B.jpg
    वडाको पश्चिमी भेग चापाकोट नगरपालिकाको सिमासँग जोड्नेगरी कजवे पुल निर्माण भई सहज भएको छ । वर्षातको समयमा माथिबाट आउने खहरे खोलाका कारण आवत जावतमा निकै समस्या हुने गर्दथ्यो । अहिले कजवे पुल बनेसँगै हिउँद वर्षा सधैंका लागि सहज भएको छ । यो पुल गण्डकी प्रदेश सरकारको १६ लाखको बजेटमा निर्माण गरिएको ६ नम्वर वडा अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिनुभयो । B.jpgवडाको पूर्वी भागको ज्याग्दी करिडोरको लाटा पिपलमा पनि कल्भर्ट नहुँदा निकै समस्या थियो । सङ्घीय सरकारको ७५ लाख बजेटमा कल्भर्ट निर्माणको काम सम्पन्न हुने चरणमा रहेको छ । कल्भर्ट बनेसँगै ज्याग्दी करिडोरको लाटा पिपलमा रहेको खोलाका कारण हुने समस्या टर्ने भएको छ । यसैगरी वडाको गैह«ीघाटमा मोटरेबल पुल निर्माणको काम भैरहेको छ । B.jpgआर्थिक वर्ष २०६७÷०६८ देखिको प्रयास अब पूरा हुने भएको वडा अध्यक्ष कृष्ण बहादुर क्षत्रीले बतानुभयो । यो पुल गण्डकी प्रदेश सरकारको रु.६ करोड ७३ लाखमा निर्माण हुने भएको हो । २०८० बाट निर्माण सुरु गरेको चितवनको घनथान जेभी कन्स्ट्रक्सन भरतपुरले दुईवर्षभित्र सम्पन्न गर्ने सम्झौता अनुरुप तिब्रताकासाथ काम भैरहेको छ ।B.jpg 
    यसैगरी चिन्नेबासदेखि क्वादी, सुरुङसम्म सडक स्तर उन्नतिको काम पनि सम्पन्न हुने चरणमा रहेको छ । ८ सयमिटर नाली निर्माणको काम हुदैछ भने १ हजार ८ सय मिटर सडक स्तरोन्नति गरिने वडा अध्यक्ष क्षत्रीले बताउनुभयो । प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको ३४ लाख गरी कूल ८४ लाखको बजेटमा नालासहित स्तरोन्नतिको काम भैरहेको हो । योसँगै चिन्नेबासदेखि क्वादी, सुरुङसम्मका लागि वर्षादको समयमा पनि सहज हुनेछ ।

    मंगलवार, जेठ २२ २०८१०६:३१:५०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend