Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा ५ दिवसीय उच्च तालिम 

वालिङमा ५ दिवसीय उच्च तालिम 

  • सन्देश भण्डारी
  • आइतवार, जेठ २७ २०८१


  • जेठ २७, वालिङ
    स्याङ्जाको वालिङमा ५ दिवसीय उच्च तालिम सुरु भएको छ । वालिङ नगरपालिकाका १४ वटै वडाका गरी २७ जना मेलमिलाप कर्ताहरुलाई स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत ५ दिवसीय उच्च तालिम प्रदान गरिने भएको हो । नगरपालिका भरिका १ सय १ जना मेलमिलाप कर्ताहरु मध्ये समावेशिताका आधारमा २७ जनालाई तालिममा सहभागी गराइएको छ । कार्यक्रममा  वालिङ नगरपालिकाका उप प्रमुख एवम् न्यायिक समितिका संयोजक कविता तिवारी गैहे«ले नागरिकहरुबाट आउने विवादलाई सहजिकरणमा सवल र सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । नागरिकहरुबाट आएका विवाद समाधान गर्ने क्षमता अभिवृद्धिका लागि मेलमिलाप कर्ताहरुलाई महत्वपूर्ण सिकाई हुने उप प्रमुख गैह«ेले बताउनुभयो । 
    द एशिया फाउण्डेसन एवम् प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आर्थिक सहयोग र वालिङ नगरपालिकाको सहजिकरणमा  यही ३१ गतेसम्म सञ्चालन हुनेछ । गतवर्ष पनि सोहि अनुसारको तालिम २७ जनालाई नै दिइएको थियो । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका पार्वती विक र अधिवक्ता शुसिल सिंखडाले कार्यक्रमका बारेमा जानकारी दिएका थिए । 
    वालिङ नगरपालिकाका उप प्रमुख तथा न्यायिक समितिका संयोजक गैहे«को अध्यक्षतामा सञ्चालित तालिम शुभारम्भ कार्यक्रममा नगरपालिकाका लेखा शाखा प्रमुख ज्ञानप्रसाद अर्यालले स्वागत गर्नुभएको थियो ।

    आइतवार, जेठ २७ २०८१०७:०८:३८

    सन्देश भण्डारी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend