Logo

आइतवार, कार्तिक २ गते २०८३

images

आठौं वालिङ् महोत्सवको आय व्यय सार्वजनिक, २१ लाख बढी बचत

आठौं वालिङ् महोत्सवको आय व्यय सार्वजनिक, २१ लाख बढी बचत

  • गोपाल जिटी
  • बुधवार, जेठ ३० २०८१


  • आठौं वालिङ् महोत्सवको आय व्यय सार्वजनिक, २१ लाख बढी बचत

    जेठ ३०, वालिङ
    स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघले आठौं महोत्सवको आय व्यय सार्वजनिक गरेको छ । गत माघ १८ देखि २८ सम्म वालिङ खेलमैदानमा आयोजित आठौं संस्करणको महोत्सव २०८० को आज बुधबार पत्रकार सम्मेलन मार्फत आय व्यय सार्वजनिक गरेको हो । 
    आठौं वालिङ महोत्सवमा कूल ८५ लाख ५४ हजार ४ सय ४१ रुपैयाँ ६० पैसा आम्दानी भएको आयोजक वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष खगुपति न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । यसमध्ये ६४ लाख ४४ हजार ४ सय २१ रुपैयाँ ३४ पैसा खर्च भएको र २१ लाख १० हजार २० रुपैयाँ २६ पैसा बचत गर्न सफल भएको कोषाध्यक्ष न्यौपानेले उल्लेख गर्नुभयो । उहाँका अनुसार रु. १० लाख ३३ हजार ७ सय २८ रुपैयाँ ९० पैसा आयकर भुक्तान गरिसकिएको छ भने ३ लाख असार मसान्तसम्म भुक्तान गरिने छ । 
    कार्यक्रममा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जिल्लाका मेला महोत्सवमा आठौं वालिङ महोत्सवले सबैभन्दा धेरै र पारदर्शीरुपमा समयमा आयकर भुक्तानी गर्न सफल भएको बताउनुभयो । उहाँले आठौं संस्करणको महोत्वसलाई गण्डकी प्रदेशमै उत्कृष्ट महोत्सवकोरुपमा सम्पन्न गर्न सफल भएको उल्लेख गर्नुभयो । A.jpgयसैगरी सघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारीले वालिङ सम्पूणको सहयोगले आठौं संस्करणको महोत्सव ऐतिहासिकरुपमा सफल भएको बताउनुभयो । संघका सञ्चालक समिति तथा बिभिन्न उप समिति, सहयोगी संघ संस्था, व्यापारी, समाजसेवी, दर्शक महानुभावहरु एवम् सञ्चारकर्मी र सुरक्षा निकायलगायतको सकारात्मक सहयोगले महोत्सवलाई भव्य र ऐतिहासिकरुपमा सफल गराउन महत्वपूर्ण भूमिका खेलेको हुँदा सम्पूर्णलाई पत्रकार सम्मेलन मार्फत बरिष्ठ उपाध्यक्ष तिवारीले हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्नुभयो ।

    बुधवार, जेठ ३० २०८१०७:५८:४०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend