जेठ ३१, वालिङ
पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरु संग छलफल सहित सुझाव संकलन गरेको छ । नगरपालिकाले बुधबार सल्लाहकार र पत्रकारहरु संँग नीति तथा कार्यक्रमका लागि सुझाव संकलन संगै छलफल गरेको हो ।
छलफलमा सहभागीहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा जोड दिनुपर्ने सुझाएका छन् । स्वरोजगार र आर्थिक समृद्धिका लागि नगरको पर्यटन क्षेत्रको पहिचान सँंगै बिस्तार र विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका पूर्व उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले पर्यटनलगाएत व्यवसाय प्रवर्द्धन गर्ने नीति अबलम्बन गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले धार्मिक तथा पुरातात्विक महत्व बोकेका क्षेत्रको विकास संँगै पर्यटन प्रवर्द्धन गर्नु पर्ने बताउनुभयो । यस्तै नगरपालिकाका सल्लहाकार सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णुमाया ढकालले पर्यटनको विकास संगै राजश्व वृद्धि हुने क्षेत्रमा लगानी बढाउन सुझाव दिनु भएको छ । साथै उहाँले हरेक विद्यालयमा प्रदान गरिने शिक्षालाई व्यवहारिक बनाई फरक शिक्षा नीति लागु गर्न आग्रह गर्नुभयो । ।
दिगो विकास र आवश्यकताको पहिचान, कृषिमा आधुनिकिकरणको नीति अबलम्बन गर्ने, रोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने, रामपुरको महिमालाई जोड दिदै पर्यटन प्रवर्द्धनको नीति लागु गर्ने, पहुँच मार्गलाई प्राथमिकतामा राखेर योजना सञ्चालन गर्नेलगायतका सुझाव दिएका छन् । य
कार्यक्रममा बोल्दै नगर प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम राम्रो भए उपलब्धी हासिल हुने भन्दै आवश्यकता अनुसार संकलित सुझावलाई कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै उहाँले नगरपालिकाको आर्थिक समृद्धि ,रोजगारी सिर्जना, कृषि र पर्यटनको विकास संगै समुचित विकास गर्ने नीति तथा कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।