Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा बजार अनुगमन

वालिङमा बजार अनुगमन

  • PNN Times
  • मंगलवार, कार्तिक ४ २०७७


  • वालिङमा बजार अनुगमन
     
    कार्तिक ४, वालिङ ।  चाडपर्व नजिकिँदै गर्दा स्याङ्जाको वालिङमा बजार अनुगमन गरिएको छ । वालिङ नगरपालिकाले दशैँ नजिकिँदै गर्दा बजार पसल अनुगमन गरेको हो । नगर उपप्रमुख कल्पना तिवारी, ईलाका प्रशासन, प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकार सहितको टोलीले रामबाच्छा बजार र भुम्रे बजार अनुगमन गरेको हो ।
     
    अनुगमनका क्रममा भेटिएका मिति गुज्रेका अखाद्य वस्तुलाई हटाईएको छ । सरकारले निर्दिष्ट गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी चाडपर्व मनाउँन र व्यापार व्यवसाय गर्न गराउन अनुगमन टोलीले आग्रह गरेको छ ।
     
    1.JPG
     
    चाडपर्वको बेला मात्र नभएर नगरपालिकाले नियमित रुपमा बजार अनुगमन गरिहेको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताउनु भयो ।
     
    उहाँले चाडपर्वको बेला उपभोक्ताहरुलाई ठगिन नदिन बजार अनुगमन गरेको र उपभोक्ताप आफै पनि सचेत रहन पर्ने बताउनु भयो । नगरपालिकाले विज्ञहरुको टोलि सहित अनुगमन बजार गरको हो । 
     
    4.JPG
     
    3.JPG
    5.JPG
    2.JPG

    मंगलवार, कार्तिक ४ २०७७०८:०२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend