Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ नगरपालिकाद्वारा गाई खरिदमा अनुदान

वालिङ नगरपालिकाद्वारा गाई खरिदमा अनुदान

  • कला राना
  • बिहिवार, जेठ ३१ २०८१


  • वालिङ नगरपालिकाद्वारा गाई खरिदमा अनुदान

    जेठ ३२, वालिङ
    स्याङ्जाको वालिङ नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई खरिदमा अनुदान प्रदान गरेको छ । नगरपालिकाले दैनिक १५ लिटर दुध दिने होलिस्टन तथा जर्सी गाई खरिदमा किसानहरुलाई ५० प्रतिशत अनुदान प्रदान गरेको हो । अनुदानका लागि सामुहिक रुपमा गाईपालन गर्न चाहने किसानहरुलाई नगरपालिकामा निवेदन दिन सार्वजनिक सूचना जारी गरिएको थियो । सोही सूचना अनुसार सामुहिक रुपमा गाई पाल्न शुरु गरेका किसानहरु तथा फर्मलाई ५० प्रतिशत अर्थात प्रति गाई ५० हजार अनुदान प्रदान गरेको हो ।
    विहिबार ३ ओटा समूहका ३० ओटा गाई खरिदका लागि १५ लाख रुपैँयाको चेक सम्बन्धित समूह तथा किसालनई हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण गर्दै नगरप्रमुख कृष्ण खांणले नगरलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम अगाडि बढाईएको बताउनुभयो । यसअघि दुधमा अनुदानको समेत व्यवस्था गरेकाले यस्ता अनुदान कार्यक्रमको सही सदुपयोग गरी अगाडि बढ्न कृषकहरुलाई नगर प्रमुख खाँणले आग्रह गर्नुभयो । कृषकहरुको श्रम र उद्यमशीलताले नै समृद्धि प्राप्त हुने भएकाले नगरपालिका सँधै कृषकको साथमा रहेको नगरप्रमुख खांणले उल्लेख गर्नुभयो ।
    यसैगरी नगर उपप्रमुख कविता तिवारी गैह्रेले वालिङलाई दुध, तरकारी, मासु र अण्डामा आत्मनिर्भर बनाउन अनुदानसहित प्रोत्साहनका कार्यक्रम अगाडि बढाइने बताउनुभयो । आगामी वर्षमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने भन्दै किसानहरुलाई उद्यमशीलतामा लाग्न जोड दिनुभयो । साथै उहाँले नगरका सेवा सुविधाको लाभलिन किसानहरुलाई आग्रह गर्दै नगर किसानको हितमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
    विहिबार ३० ओटा गाईको प्रति गाई ५० हजारका दरले १५ लाखको चेक किसानहरुलाई हस्तान्तरण गरिएको छ । मिलन दुग्ध उत्पादन सहकारी लिमिटेड वालिङ १३, अकला नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ ८ र उन्नत गाईपालन समूह वालिङ १ का किसानहरुलाई अनुदान बापतको रकम चेक मार्फत हस्तान्तरण गरिएको हो ।
    उन्नत गाई पालन समूहका ८ जना किसानले १५ ओटा गाई खरिद बापतको ५० प्रतिशत, मिलन दुग्ध उत्पादन सहकारीका ३ जना किसानले १० ओटा गाई खरिद गरे बापतको ५० प्रतिशत अनुदान र अकला नमुना साना किसान कृषि सहकारी संस्थाका १ जना किसानले ५ ओटा गरी १२ जना किसानले ३० ओटा गाईको अनुदान प्राप्त गरेका हुन् ।

    बिहिवार, जेठ ३१ २०८१०६:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend