Logo

आइतवार, कार्तिक २ गते २०८३

images

बिरुवा गाउँपालिका ३ नम्बर वडामा विकासका गतिविधि

बिरुवा गाउँपालिका ३ नम्बर वडामा विकासका गतिविधि

  • गोपाल जिटी
  • मंगलवार, आषाढ ५ २०८१


  • बिरुवा गाउँपालिका ३ नम्बर वडामा विकासका गतिविधि

    असार ४, वालिङ
    “समृद्ध बिरुवा सुखी बिरुवाबासी” को मूल नारासहित अगाडि बढेको स्याङ्जाको बिरुवा गाउँपालिकाले वडागतरुपमा पूर्वाधार लगायतका बिकासका कामलाई अगाडि बढाएको छ ।
    जस अनुसार गाउँपालिकाका वडाहरुमा पूर्वाधारलगायत बिकासका कामले गति लिएका छन् ।
    गाउँपालिकाको ३ नम्वर वडामा पूर्वाधार निर्माण अन्तर्गत बाटो स्तरोन्नति, सामुदायिक ट्रस भवन निर्माण, स्वास्थ्य भवनलगायतका कामले प्राथमिकता पाएका छन् । वडाको राङभाङमा स्वास्थ्य चौकी निर्माणको काम भैरहेको छ । संघीय सरकारको बजेटमा राङभाङमा स्वास्थ्य चौकी निर्माणको काम भैरहेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो । अध्यक्ष कुँवरका अनुसार २ करोडको बजेटमा १ करोड ९० लाखमा ठेक्का भई स्वास्थ्य चौकी निर्माणको काम अगाडि बढाइएको हो । यो आर्थिक वर्ष ८० लाखको बजेटमा काम थालनी गरिएको हो । आगामी वर्ष बाँकि १ करोड १० लाखको काम गर्नका लागि बजेट निश्चित भैसकेको छ । अहिले पुरानो वडा कार्यालय रहेको भवनबाट सेवा सञ्चालन गर्दै आइएको छ भने यसको आडैमा नयाँ भवन बनेसँगै आगामी वर्षदेखि सुविधायुक्त र स्तरीय स्वास्थ्य सेवा सुचारु हुनेछ ।H.jpg
    यसैगरी यातायातको क्षेत्रमा सडक स्तरोन्नतिसँगै ठाउँ ठाँउमा नाली निर्माणको काम गरिएको छ । वडाको बजेटसँगै पालिका एवम् गण्डकी प्रदेश सरकारको बजेटमा ३ नम्वर वडामा पूर्वाधारका कामहरु अगाडि बढेका हुन् । अहिले धोवादी, खाली खाङ्राङ हुँदै ज्यामिरे सडक खण्डमा ढलानको काम भैरहेको छ । आर्थिक वर्ष २०८०÷०८१ को प्रदेश सरकारको ३० लाखको बजेटमा यो खण्डको बिभिन्न ठाउँमागरी ३ सय मिटर सडक ढलानको काम भैरहेको ३ नम्वर वडा अध्यक्ष मनुकुमारी राना बताउनु हुन्छ ।B3.jpg
    यस्तै गरेर तल्लो खाली साविकको ७ नम्वर देखि माथिल्लो खालीसम्म सिँढी पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री  स्वरोजगार अन्तर्गत तल्लो खालीदेखि माथिल्लो खालीसम्मका लागि यो आर्थिक वर्ष ३ सय ३० मिटर सिँढीसहितको पदमार्ग निर्माण गरिएको हो । गाउँबासीको माग र आवस्यकताका आधारमा वडाका बिभिन्न स्थानमा गरी ४ वटा ट्रस भवन निर्माणलाई अगाडि बढाइएको छ ।B1.jpg
    स्थानीय उत्पादन प्रवद्र्धनका लागि किसानहरुलाई सुन्तला तथा कागतीका बिरुवा अनुदानमा उपलव्ध गराउँदै आइएको छ । यो वर्ष मात्रै सुन्तलाका करिव ४ हजार बिरुवा वितरण गरिने वडा अध्यक्ष राना बताउनुहुन्छ । वडा अध्यक्ष रानाका अनुसार वडामा आम्दानी लिनेगरी सुन्तला लगाएका १५ जना किसानहरु छन् । यीमध्ये सुन्तला फलाएर रु. १ लाखदेखि ५ लाखसम्म वार्षिक आम्दानी गर्ने किसानहरु छन् । सुन्तलाका बिरुवा प्रति गोटा रु. ५० मूल्यमध्ये किसानले रु.२० तिर्नुपर्ने हुन्छ भने बाँकि रु.३० पालिकाले बेहोर्ने छ ।B.jpg 
    यसैगरी पशुपालनका क्षेत्रमा केही किसानहरु बाख्रापालनलाई व्यवसायिकरुपमा गरेका छन् । बाख्रापालक किसानको प्रोत्साहनका लागि पनि वडा तथा पालिकाले पूर्वाधार लगायतका क्षेत्रमा अनुदानको व्यवस्था गर्दै आएको छ । बिगत १० वर्षदेखि बाख्रापालन गर्दै आएका लाकुरीडाँडाका मनबहादुर थापाले यो आर्थिक वर्ष खोर व्यवस्थापनका लागि भनेर पालिकाले रु. ८० हजार अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा खोर व्यवस्थापनका लागि भनेर पालिकाले रु.८० हजार अनुदान दिएको लाँकुरीडाँडा बाख्रापालन फर्म सञ्चालक थापा बताउनुहुन्छ । अनुदान प्राप्त गरेसँगै थप हौसला मिलेको थापाको भनाई छ ।G7.jpg

    मंगलवार, आषाढ ५ २०८१०६:१०:५९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend