Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामपुरमा ४५ दिने निशुल्क लोक सेवा आयोग तयारी कक्षा सम्पन्न

रामपुरमा ४५ दिने निशुल्क लोक सेवा आयोग तयारी कक्षा सम्पन्न

  • PNN Times
  • बुधवार, आषाढ ६ २०८१


  • रामपुरमा ४५ दिने निशुल्क लोक सेवा आयोग तयारी कक्षा सम्पन्न

    असार ५, वालिङ
    पाल्पाको रामपुर नगरपालिकाले अध्ययन गर्दै गरेका र जागिर खान चाहनेहरुका लागि प्रतिस्पर्धा गर्न सक्षम बनाउन निःशुल्क लोकसेवा आयोगको कक्षा प्रदान गरेको छ । नगरपालिकाले ४५ दिने लोक सेवा आयोग तयारी कक्षा मङ्गलबार सम्पन्न गरेको हो । 
    कार्यक्रमको समापन गर्दै नगर प्रमुख रमणबहादुर थापाले लोक सेवा आयोग पढ्न चाहने विद्यार्थीहरुको सहजताका लागि कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले लोक सेवा आयोग तयारीका लागि मार्ग दर्शनको रुपमा कक्षा सञ्चालन गरिएको भन्दै लगनशील भएर अध्ययन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । स्वदेशमै बसेर देश र जनताको सेवा गर्नका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्दै नगर प्रमुख थापाले उद्देश्य प्राप्तिका लागि लगनशिलता र निरन्तरताको खाँँचो रहेको बताउनुभयो । 
    कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले नगरपालिकाले लोक सेवा आयोग बारे आधार स्तम्भ तयार गर्नका लागि कक्षा सञ्चालन गरेको भन्दै सफलताका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो ।
    लोक सेवा आयोग तयारी कक्षामा उत्कृष्ट हुने ३ जना सहभागीलाई पुरस्कृत समेत गरिएको छ । सहभागी मध्ये पूजा पंगेनी, सरिता लम्साल र आकृति भट्टराई उत्कृष्ट सहभागीको रुपमा पुरस्कृत भएका हुन् । R.jpg

    बुधवार, आषाढ ६ २०८१०७:५०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend