Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङका महिला जनप्रतिनिधिहरुलाई भाषण कला तालिम

वालिङका महिला जनप्रतिनिधिहरुलाई भाषण कला तालिम

  • मोहन सुनार
  • बुधवार, आषाढ ६ २०८१


  • वालिङका महिला जनप्रतिनिधिहरुलाई भाषण कला तालिम

    असार ५,वालिङ ।
    वालिङका महिला जनप्रतिनिधिहरुलाई भाषणकला तालिम दिइएको छ । वालिङ नगरपालिकाको आयोजना,द एसिया फाउण्डेशनको प्राविधिक सहयोग तथा दलित महिला केन्द्र नेपाल(सिडीडब्लुएन) को समन्वयमा एक दिवसीय तालिम प्रदान गरिएको हो ।
    जनप्रतिनिधिहरुमा वाक क्षमताको विकास,नागरिकका माझमा अर्थपूर्ण बोली तथा सम्बोधनको सीप विकास गर्न तालिम प्रदान गरिएको नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो ।

    WhatsApp Image 2024-06-19 at 9.29.14 PM.jpeg
    उहाँले बोल्ने क्षमताले नागरिकका माझमा जाँदा उनीहरुको मागको उचित सम्बोधन गर्न, बोलीको प्रभाव कायम गर्न यस्ता तालिम आवश्यक भएकोले महिला जनप्रतिनिधिहरुलाई लाभदायक हुने उल्लेख गर्नुभयो ।
    तालिममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले स्पष्ट बोल्ने व्यक्तिले नै स्पष्ट रुपमा आफ्नो भनाई सबैमाझ राख्न सक्ने भएकाले बोल्ने क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    images

    WhatsApp Image 2024-06-19 at 9.29.18 PM (1).jpeg
    तालिममा दलित महिला केन्द्र नेपाल(सिडीडब्लुएन)का कार्यक्रम संयोजक रितेश शाशंकरले महिला जनप्रतिनिधिहरुको क्षमता विकासको लागि तालिमको आयोजना गरेको उल्लेख गर्नुभयो । उहाँले महिला जनप्रतिनिधिहरुमा वाक क्षमता कम रहेको गुनासो धेरै आएको हुँदा तालिम प्रदान गरी क्षमता विकासको लागि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    नागरिकका माझमा जनप्रतिनिधिहरु बोल्दा उनीहरुको हरेक विषयलाई नागरिकले अनुसरण गर्ने भएकोले वाक कलामा निपूणता आउनुपर्ने शाशंकरले उल्लेख गर्नुभयो । ‘मिठासपूर्ण बोली र तार्किक भाषणकलाले नागरिकको मन जित्न सकिने भएकोले यो कला आवश्यक छ’ उहाँले भन्नुभयो–‘बोल्ने क्षमताको विकासले जनप्रतिनिधिहरुमा दृढता सिर्जना गर्दछ’
    वालिङ नगरपालिकाका महिला वडा सदस्यहरुलाई दिइएको तालिमको सहजीकरण पत्रकार मोहन सुनारले गर्नुभएको थियो ।

    WhatsApp Image 2024-06-19 at 9.29.17 PM.jpeg

    बुधवार, आषाढ ६ २०८१०९:३३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend