Logo

आइतवार, कार्तिक २ गते २०८३

images

बिरुवा गाउँपालिकाको १५ औं गाउँसभाद्वारा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

बिरुवा गाउँपालिकाको १५ औं गाउँसभाद्वारा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

  • गोपाल जिटी
  • शुक्रवार, आषाढ ८ २०८१


  • बिरुवा गाउँपालिकाको १५ औं गाउँसभाद्वारा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    असार ७, वालिङ
    स्याङ्जाको बिरुवा गाउँपालिकाले १५ औं गाउँसभा गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमसहित आज शुक्रबार १५ औं गाउँसभा गरेको हो । गाउँसभाको पहिलो वैठकद्वारा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरद्वारा पूर्वाधार विकास, कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन एवम् उद्यमशीलतालगायतका विषय समेटेर आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 
    अध्यक्ष कुँवरद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा योजनावद्ध विकासको आवश्यकता, महत्व, र त्यसबाट प्राप्त हुने उपलव्धीको आधारमा योजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट व्यवस्था र कार्यान्वयनको नीति लिइने उल्लेख गरिएको छ । यसैगरी गतवर्ष निर्माण भएका योजना, मापनयोग्य र सूचकमा आधारित विकासको नीति लिइने छ । आर्थिक विकासमा उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपंक्षी, सहकारी, गरिवी निवारण तथा रोजगारीसँग सम्बद्ध विषय समेटिएको छ । 
    यसैगरी सामाजिक विकासमा शिक्षा, संस्कृति, युवा तथा खेलकुद, लैङ्गिक समानता र सामाजिक समावेशिकरण, स्वास्थ्य, खानेपानी तथा सरसफाई, महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक सम्मान एवम् संरक्षणलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै गरेर पूर्वाधार विकासमा स्थानीय सडक तथा झोलुङ्गे पुल निर्माण र भवन तथा शहरी विकास, उर्जा, सञ्चारलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । यस अन्तर्गत “जनताको योजना, जनताकै साझेदारीमा” जस्ता लोकप्रिय कार्यक्रम समावेश गरिएको छ । यस्तैगरी सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास, सूचना तथा प्रविधिको विकास, न्याय कानून तथा मानव अधिकार जस्ता विषय समेटिएका छन् ।B1.jpg
    १५ औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजनावद्धरुपमा कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ । यसैगरी औद्योगिक तथा ब्यवसायिक विकासका लागि गाउँपालिका उद्योग वाणिज्य संघ तथा चेम्वर अफ कमर्शसँग साझेदारीको नीति लिइने अध्यक्ष कुँवरले उल्लेख गर्नुभयो । लगानी मैत्री तथा औद्योगिक पूर्वाधार सुदृढिकरण गर्दै उद्योग तथा पर्यटन विकासको नीति लिइने छ । राजस्व तथा आन्तरिक श्रोत परिचालनलाई नीति तथा कार्यक्रममा महत्व दिइएको छ ।
    यसका साथै आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । यसैगरी यही असार १० गते आर्थिक वर्ष २०८१÷०८२ को बजेट सम्बन्धी १५ औं गाउँसभाको दोस्रो बैठक बस्ने घोषणासहित पहिलो वैठक सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले घोषणा गर्नुभयो ।B3.jpg

    शुक्रवार, आषाढ ८ २०८१०२:४४:४२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend