Logo

आइतवार, कार्तिक २ गते २०८३

images

चट्याङले क्षति पु¥यायो

चट्याङले क्षति पु¥यायो

  • गोपाल जिटी
  • शनिवार, आषाढ ९ २०८१


  • चट्याङले क्षति पु¥यायो

    असार ८, वालिङ
    स्याङ्जाको बिरुवा गाउँपालिकाको तर्लेमा चट्याङले क्षति पु¥याएको छ । गाउँपालिकाको वडा नम्वर ८ तर्ले पिपलडाँडामा रहेको एक घरमा चट्याङले क्षति पु¥याएको हो ।
    शुक्रबार राती करिव साढे एक बजेको समयमा पिपलडाँडामा टोपबहादुर थापाको घरमा चट्याङले क्षति गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ८७ वर्षीय थापाको टिनले छाएको १ तले गोठमा चट्याङ् पर्दा गोठमा रहेको २ वटा भैसी मृत्यु भएको छ भने १ वटा पाडो घाईते गराएको छ । यसकासाथै एक वटा हाते ट्याक्टर र मिनि मिल जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार चट्याङबाट मानवीय क्षति नभए पनि सबै गरेर रु. २ लाख ४५ हजार बराबरको नोक्सान भएको छ ।

    शनिवार, आषाढ ९ २०८१०६:२२:०९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend