Logo

आइतवार, कार्तिक २ गते २०८३

images

भीरकोट नगरपालिकाको बजेट ७८ करोड २६ लाख २० हजार

भीरकोट नगरपालिकाको बजेट ७८ करोड २६ लाख २० हजार

  • PNN Times
  • शनिवार, आषाढ ९ २०८१


  • भीरकोट नगरपालिकाको बजेट ७८ करोड २६ लाख २० हजार

    वालिङ ८ असार ।
    स्याङ्जाको भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि १४ औं नगर सभाले ७८ करोड २६ लाख २० हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
    नगर उपप्रमुख भगवती अर्यालले आर्थिक वर्ष २०८१÷०८२ का लागि चालू तर्फ ५९ करोड ८९ लाख ७० हजार अर्थात ७६.५३ प्रतिशत रहेकोमा शसर्त अनुदानमा ४० करोड ९० लाख ७९ हजार रुपैँया अर्थात ५२.२७ प्रतिशत र नगरपालिकाको चालू खर्च १५ करोड ३८ लाख ९१ हजार रुपैँया अर्थात १९.६६ प्रतिशत रहेको  बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
    त्यस्तै पुँजिगततर्फ १८ करोड ३६ लाख ५० हजार रुपैँया अर्थात २३.४६ प्रतिशत र सामाजिक सुरक्षातर्फ १८ करोड रुपैँया अर्थात २३ प्रतिशत रहेको छ । आर्थिक वर्ष  २०८१÷०८२ का लागि अनुमान गरिएको कुल विनियोजित रकम मध्ये चालू आर्थिक वर्षको मौज्दातबाट १ करोड २० लाख, आन्तरिक राजस्वबाट ४ करोड १७ लाख ७० हजार १ सय ७० रुपैँया, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १० करोड ४७ लाख १५ हजार ८७० रुपैँया, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ४३ करोड ५१ हजार ३४ हजार रुपैँया र आन्तरिक स्रोतबाट ९० लाख रुपैँया हुने अनुमान उपप्रमुख अर्यालद्वारा सार्वजनिक गरिएको बजेटमा उल्लेख गरिएको छ ।
    नगरसभामा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भीरकोटमा चालू वर्षको जेष्ठ मसान्तसम्म २ किलोमिटर १ सय ९५ मिटर कच्ची सडकलाई कालोपत्र गरेको १५ किलोमिटर कच्ची सडकलाई पिसिसि ढलान गरेको र ६ किलोमिटर ७ सय  मिटर नयाँ सडकको ट्याक खोलिएको जानकारी गराउनुभयो ।
    प्लाष्टिक मुक्त भीरकोट घोषणाका लागि कपडाको झोला प्रत्येक घरधुरीलाई २ थान झोला वितरण गरिने, प्रविधिमैत्रि सामुदायिक विद्यालयका लागि सिसि क्यामेरा जडान र इ हाजिरी सम्बन्धी मेसिन खरिदका लागि इ बिडिङ गरिएको र सम्बन्धित आपूर्तिकर्तासंँग सम्झौता गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै आँधीखोला किनारमा रहेका २ हजार ८ सय ९० रोपनी कृषि योग्य जमिनको संरक्षणका लागि विभिन्न निकायको समन्वयमा ८ सय ४८ मिटर क्षेत्रमा तटबन्धन गरिएको छ ।
    त्यस्तै आगामी आर्थिक वर्षमा वडाहरुको भवन निर्माण गर्ने, ग्रामिण सडकलाई बाह्रै महिना सञ्चालन गर्न मर्मत संभार तथा सडक सरसफाई गर्ने, सिसौघारीमा रहेको खेलमैदानको विस्तार गरी खुल्ला व्यायामशालाको निर्माण गर्ने, खानेपानीको सहज पहुँच पु¥याउने, भीरकोट पार्कमा रहेको तालको मध्य मागमा मन्दिर निर्माण गर्ने, कृषिमा अनुदान, पशुपालनमा अनुदान, सुत्केरी भैँसीलाई भत्ता दिईने नीति तथा कार्यक्रममा समेटिएको छ ।
    नगरबासीको निवेदन र वडा कार्यालयको सिफारिसमा बाँसलगायतका कुकाठ कटान गर्नका लागि ५० प्रतिशत अनुदानमा आरा मेसिन प्रदान गरिने, सिँचाईमा अनुदान दिईने, आँधीखोला नियन्त्रणका लागि तटबन्धन निर्माण गर्ने, पर्यटनको विकास, सामुदायिक विद्यालयका लेखा कर्मचारी बाल विकास सकजकर्तालाई सरकारबाट उपलब्ध हुदै आएको सुविधामा नगरपालिकाले ५० प्रतिशत थप गर्ने नीति लिएको छ ।
    छात्रवृत्ति, सेनेटरी प्याड, नगरको आन्तरिक स्रोतबाट कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीलाई खाजा उपलब्ध गराउने, खुसी पाठयक्रम लागू गर्न थप अध्ययन गर्ने, वातावरण तथा विपद व्यवस्थापन, सामाजिक विकास, महिलासंग उपमेयर कार्यक्रम, शुभशासन तथा संस्थागत विकासलगायत नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

    शनिवार, आषाढ ९ २०८१०६:४६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend