Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङमा अपाङ्गता भएका नागरिकहरुलाई अभिमुखीकरण तालिम प्रदान

गल्याङमा अपाङ्गता भएका नागरिकहरुलाई अभिमुखीकरण तालिम प्रदान

  • मोहन सुनार
  • आइतवार, आषाढ १० २०८१


  • गल्याङमा अपाङ्गता भएका नागरिकहरुलाई अभिमुखीकरण तालिम प्रदान

    असार ९,गल्याङ ।
    गल्याङमा अपाङ्गता भएका व्यक्तिहरुका लागि अभिमुखीकरण तालिम प्रदान गरिएको छ । ७ नं. वडा कार्यालयको सहयोग तथा वडा स्तरीय अपाङ्गता स्वाबलम्बन उपभोक्ता समितिको समन्वयमा तालिम दिइएको हो । 
    अपाङ्ग भएका व्यक्तिहरु पनि सपाङ्ग जस्तै जीवन जिउन सक्छन् भन्ने सिद्ध गर्न  तालिम दिइएको हो । तालिममा वडा नं. ७ का वडाअध्यक्ष झविलाल पाण्डेले अपाङ्गता भएकाहरु पनि सपाङ्गहरु सरह जीवन जिउन सक्ने भएकाले आफूमा भएका शारिरीक कमजोरीहरु लुकाउन नहुने बताउनुभयो ।
    उहाँले आफूमा भएको बौद्धिक,शारिरीक तथा कुनै पनि क्षमतालाई प्रयोग गरेर सबल जीवन जिउन प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    4fa1242f-04da-4b41-b661-4748b623b98a.jpeg
    आपाङ्गता भएकाहरुले सामाजिक दृष्टिकोणबाट अपहेलित हुनुपर्ने डरले आफ्नो पीडा लुकाएर हिँडेको पाइएकोले उनीहरुको पीडालाई बाहिर उजागर गर्न तालिम प्रदान गरिएको नगर अपाङ्गता सञ्जालका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो । तालिमपश्चात शारिरीक दुर्वलतालाई शक्तिमा परिणत हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    सामाजिक विभेदको डरले अझैपनि कतिपयले आफ्नो परिचय लुकाएर बसेको अवस्था रहेकोले त्यस्तो अवस्थाबाट उकास्न,आफ्नो पहिचान स्थापना गर्दै अन्य नागरिकले जस्तै समान कानुनी अधिकारको उपभोग गर्न तालिमले टेवा पु¥याउने सीबीआरएस सहजकर्ता लिला बिश्वकर्माले बताउनुभयो ।

    यसैबीच सोही तालिमको अवसरमा न्यानो कपडा वितरण गरिएको हो । जाडो महिनामा वितरण गरिने कार्यक्रम भएपनि विशेष कारणवश ढिला भएको तर वितरण गर्न पाउँदा खुसी लागेको वडाअध्यक्ष झविलाल पाण्डेले बताउनुभयो । 
    गल्याङ नगरपालिका वडा नं. ७ का ६० जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको तालिमको सहजीकरण नगर अपाङ्गता सञ्जालका अध्यक्ष नारायण प्रसाद भण्डारी र सीबीआरएस सहजकर्ता लिला बिश्वकर्माले गर्नुभएको थियो । 

    images

    आइतवार, आषाढ १० २०८१०९:४७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend