Logo

शनिवार, कार्तिक १ गते २०८३

images

२३ कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

२३ कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

  • PNN Times
  • सोमवार, आषाढ ११ २०८१


  • १० असार, काठमाडौं । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।

    विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ ।

    images

    विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यो पाँच महिना अवधिसम्म रहने छ ।

    २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ । विमानस्थल राति २ बजेसम्म चल्दै आएको छ । काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्छ ।  

    सोमवार, आषाढ ११ २०८१०२:५६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend