Logo

आइतवार, कार्तिक २ गते २०८३

images

बिरुवा गाउँपालिकाको झण्डै साढे ४९ करोड बजेट सार्वजनिक ,सर्वसम्मत पारित

बिरुवा गाउँपालिकाको झण्डै साढे ४९ करोड बजेट सार्वजनिक ,सर्वसम्मत पारित

  • गोपाल जिटी
  • सोमवार, आषाढ ११ २०८१


  • बिरुवा गाउँपालिकाको झण्डै साढे ४९ करोड बजेट सार्वजनिक ,सर्वसम्मत पारित

    १० असार, वालिङ
    स्याङ्जाको बिरुवा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि गाउँपालिकाको १५ औं नगर सभामा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले ४९ करोड ४६ लाख ४७ हजारको बजेट सार्वजनिक गर्नुभएको हो ।
    जसमध्ये नेपाल सरकारबाट वित्तीय समानिकण अनुदान तर्फ ८ करोड ६३ लाख, नेपाल सरकारबाट शसर्त अनुदान तर्फ २२ करोड ८६ लाख ९१ हजार र संघीय राजश्व बाँडफाँटतर्फ ७ करोड ८८ लाख अनुमान गरिएको छ । यस्तै प्रदेश वित्तीय समानीकरण अनुदान तर्फ १ करोड ६ लाख ६९ हजार, प्रदेश सरकार राजश्व बाँडफाँट तर्फ ४५ लाख ८७ हजार, प्रदेश समपूरक अनुदान तर्फ रु. ७० लाख र प्रदेश विशेष अनुदान रु. ३० लाख रहेको छ । संघीय विशेष अनुदान तर्फ रु.२ करोड ६० लाख र संघीय समपूरक तर्फ रु. ७५ लाख र यस आवमा बचत रु.३ करोड ११ लाख र आन्तरिक आयश्रोत तर्फ रु. १ करोड १० लाख रकम प्राप्त हुने नयाँ बजेटमा अनुमान गरिएको छ । 
    यसैगरी आगामी आवका लागि चालुतर्फ रु. ३३ करोड २७ लाख ३३ हजार प्रस्ताव गरिएको छ ।
    त्यस्तै पुँजिगततर्फ १६ करोड १९ लाख २४ हजार रकम विनियोजन गरिएको छ । यस अन्तर्गत आर्थिक विकास क्षेत्रमा १२.१५ प्रतिशत,सामाजिक विकासमा २६.८५ प्रतिशत, भौतिक पूर्वाधारमा ४५.७९ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ८.६५ प्रतिशत र संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा ६.५६ प्रतिशत रहेको छ । यसैगरी लागत साझेदारी आयोजना सम्पन्न गर्नका लागि छुट्टै समपूरक कोषमा रु. १ करोड ४४ लाख प्रस्ताव गरिएको छ । 
    सडक तथा भवन पूर्वाधार,कृषि तथा पशुपंछी विकास, पर्यटन, शिक्षा,भाषा तथा संस्कृति संरक्षण एवम् प्रवद्र्धन, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्मान, युवा तथा खेलकुद, श्रम रोजगार, संस्थागत सुशासन र सेवा प्रवाह, विपद व्यवस्थापनलगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ । 20240624_125207.jpg
    स्वास्थ्य, शिक्षा, यातायात, वातावरण संरक्षणलगायत नागरिकका मौलिक हकहरुको परिपूर्ति गर्दै बिरुवा गाउँपालिकाबासीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने नयाँ बजेटको उद्देश्य रहेको छ । यसैगरी गाउँपालिकाका उपलव्ध सीमित श्रोत, साधन, जनशक्ति तथा क्षमताको अधिकतम सदुपयोग गर्दै सामाजिक न्यायसहितको समतामूलक समाजको निर्माण गर्ने एवम् आधारभूत भौतिक, सामाजिक तथा आर्थिक पूर्वाधार विकास गरी “समृद्ध बिरुवा, सुखी बिरुवावासी” को लक्ष्य हाँसिल गर्नेलगायत नयाँ बजेटको उद्देश्यमा समेटिएको छ ।B.jpg
    आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित भएसँगै बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई कार्यक्रममा अवसरमा सम्मान एवम् प्रशंसा पत्र प्रदान गरिएको छ । गण्डकी प्रदेश  ठेलो ( सर्टपुट ) खेलाडी ६ नम्वर वडाका दुकिज थापा मगरलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको छ । यसैगरी पालिकामा कार्यरत कर्मचारीलाई पनि उत्कृष्ट सेवा गरेवापत प्रशंसा पत्र प्रदान गरिएको हो ।20240624_125125.jpg

    सोमवार, आषाढ ११ २०८१०४:३१:१०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend