असार १०, वालिङ
स्याङ्जाको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट सार्वजनिक गरेको छ । १६औँ नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो । नगर सभामा नगरप्रमुख कृष्ण खांणले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
आगामी आर्थिक वर्षमा नगरले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने अभिप्रायले जीवन शैलि प्रवद्र्धन, भान्छा सुधार तथा ४० वर्ष नाघेका नागरिकलाई नसर्ने रोगको न्युनिकरणका लागि सामुदायिक नर्स तथा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गर्ने, महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई सुनौलो अवकास योजना, मेयरसंँग जेष्ठ नागरिक, स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख खांणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै सरकारी स्वास्थ्य संस्थाहरुबाट निस्कने औषधीजन्य फोहोरहरुको उचित व्यवस्थापन गरिने, योग अभ्यास र पञ्चकर्मलाई प्रूाथमिकता दिने उल्लेख गरिएको छ ।
उपमेयरसंँग पोषिलो झोलालगायतका स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण नीति लिइएको छ । त्यस्तै शिक्षामा विद्यालयलाई प्रविधिमैत्रि बनाईने, उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने, विद्यालयलाई बालमैत्रि र अपांगमैत्रि बनाईने उल्लेख छ । एक वडा एक खेलमैदान, मेयर उपमेयर कप खेलकुद प्रतियोगिता, कमाउँदै पढदै कार्यक्रम, सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका छोराछोरीलाई सामुदायीक विद्यालयमा पढाउन प्रोत्साहन गरिने, शिक्षकहरुलाई राजनीतिक दलसँंग आवद्ध हुन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने, कृषि तथा पशुपालनमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने, मासु, अण्डा उत्पादनमा प्रोत्साहन गरिने, कृषि एम्वुलेन्सको व्यवस्था गर्ने, नगरपालिकाका सेवालाई प्रविधिमैत्रि बनाईने, विदेशी पर्यटकलाई वालिङमा कम्तीमा दुईदिन बस्ने वातावरण मिलाउने, नगरभित्रका योजनाहरु महिला उपभोक्तामार्फत कार्यान्वयनलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
कार्यक्रममा उपप्रमुख कविता तिवारीगैह्रेद्वारा प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत ६ करोड, संघीय वित्तीय समानीकरण अनुदान १५ करोड १० लाख, संघीय सरकार राजस्व बाँडफाँट १२ करोड ९८ लाख, संघीय सरकार सर्शत अनुदान चालूमा ४० करोड ७४ लाख ७५ हजार ५ सय, पुँजीगततर्फ १ करोड ३० लाख, संघीय सरकार विशेष अनुदान १ करोड २० लाख, संघीय सरकार समपुरक अनुदान २ करोड ८५ लाख, प्रदेश सरकार समानिकरण २ करोड १० लाख २२ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड, राजश्व बाँडफाँट १ करोड ५७ लाख २६ हजार, घरजग्गा रजिष्टे«शनबाट १ करोड, विज्ञापन करबाट ६१ लाख ९८ हजार गरी ८६ करोड ४७ लाख २१ हजार ५ सयको आय प्रक्षेपण गरिएको छ भने व्यय तर्फ आर्थिक विकासमा ५ करोड, सामाजिक विकासतर्फ ५ करोड पुर्वाधार विकासतर्फ ९ करोड, सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रतर्फ २ करोड, विपद तर्फ १ करोड न्यायिक तर्फ १८ लाख प्रशासनमा १ करोड, कार्यालय ंसञ्चालन तथा प्रशासकीय तर्फ ८ करोड, शसर्त अनुदान तर्फ ४२ करोड ४७ हजार रहेको छ ।