Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा पहिरो जादा एकै परिवारका आमा छोरीको मृत्यु

स्याङ्जामा पहिरो जादा एकै परिवारका आमा छोरीको मृत्यु

  • PNN Times
  • शनिवार, आषाढ १६ २०८१


  • स्याङ्जामा पहिरो जादा एकै परिवारका आमा छोरीको मृत्यु

    स्याङ्जा । स्याङ्जामा पहिरो जादा एकै परिवारका आमा छोरीको मृत्यु भएको छ ।

    स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नम्बर ५ बाँगेमा घर माथीबाट पहिरो जादा घर गोठ पुरिदा आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय स्याङ्जाले जनाएको छ ।

    images

    फेदिखोला ५ बाँगे स्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर र गोठ पुरिएको हो। पहिरो घर भन्दा करिब २५ मिटर माथीबाट आएको थियो।

    घरमा सुतिरहेको अवस्थामा ३१ वर्षिय दुर्गा जिटी र निजकी छोरी २ वर्षकी निकिसा जिटीको घटना स्थलमै मृत्यु भएको प्रहरि नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनु भयो । 

    शनिवार, आषाढ १६ २०८१०७:५८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend