स्याङ्जामा खोलाले बगाउँदा वीरेन्द्रनगरका वृद्धको मृत्यु भएको छ । खोलाले बगाउँदा पुतलीबजार १, वीरेन्द्रनगरका एक वृद्धको मृत्यु भएको हो ।पुतलीबजार नगरपालिका वडा नं.–१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाउको छ । वीरेन्द्रनगरमा अरगौदी खोला तर्ने क्रममा खोलाले बगाई घाईते भएका बृद्धको आफ्नै छोरा होमबहादुर भुजेलले उद्दार गर्नुभएको थियो ।
उद्धार पछि उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।