Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पहिरोको जोखिमले छिमेकीको आश्रयमा भीरकोट ५ को मल्लगाउँ 

पहिरोको जोखिमले छिमेकीको आश्रयमा भीरकोट ५ को मल्लगाउँ 

  • PNN Times
  • सोमवार, आषाढ २५ २०८१


  • पहिरोको जोखिमले छिमेकीको आश्रयमा भीरकोट ५ को मल्लगाउँ 

    असार २४, वालिङ
    शनिबार दिउँसो स्याङ्जाको भीरकोट ५ मल्लगाउँमा गएको पहिरोले सिङ्गो गाउँ जोखिममा परेको छ । शनिबार दिउँसो ३ बजेको समयमा घरमाथिबाट एक्कासी पहिरो जाँदा ७२ वर्षीय खेमकुमारी मल्लको मृत्यु भएको थियो । शनिबार दिउँसोदेखि पहिरोमा पुरिएर बेपत्ता खेमकुमारीको शव आईतबार दिउँसो भेटिको हो । स्थानीयहरु र शसस्त्र प्रहरीकोे सहयातामा खोजीगरी भेटिएको थियो । 
    पहिरोले अशोक मल्ल, सुरेश मल्ल, टोपबहादुर मल्ल, नेत्रबहादुर मल्ल, जनम मल्ल, दिपक राना, नन्दकुमारी सिंजालीको घर जोखिममा परेको छ । उक्त गाउँका घर परिवार वालिङ ११ को भोर्ले र अम्बारी गाउँमा छिमेकीको घरमा शनिबार रातिदेखि आश्रय लिएर बसिरहेका छन् । पहिरोमा पुरिएर एक व्याउनेसहित ३ वटा  भैँसी र १० वटा बाख्राहरु मरेका छन् । एक घर र दुई गोठ पहिरोले पुरिँदा ती चौपाय मरेका हुन् । भर्खरै शुरु भएको वर्षाले मानवीय तथा पशुचौपायमा क्षति भएपछि अबको हरेक वर्षाको समयले पिरोल्ने भएको छ । यो वर्षाभरी घरमा बास हुने हो की नहुँने हो भन्ने पिरलोमा सिंगो मल्ल गाउँ परेको छ । 
    यसैक्रममा स्थानीय शोभा रानाले भन्नुभयो, “नहुँने घटना भईसक्यो अब बाँच्नेले कसरी ज्यान जोगाउने भन्ने मुख्य विषय बनेको छ । स्थानीय सरकारले यो गाउँलाई हेरोस ।’ हिँउदभरी पानीकै लागि पिरोलीने गाउँ अहिले वर्षाको पानीले ठूलो जनधनको क्षति भएपछि सिङ्गो गाँउ शोकमा डुबेको छ ।” V.jpg
    एक गाग्री पानीको लागि दशकौँदेखि पिरोलिएको मल्ल गाउँ अहिले बर्षाको पानीले उठीबास नै बनाएपछि गाउँलेले थप जनधनको क्षति नहोस भन्नेमा स्थानीय सरकार केन्द्रित भएर थप कदम चलाउनुपर्ने स्थानीयले बताएका छन् । दुई छोराकी आमा खेमकुमारी गाउँमा निकै मिजासिलो र सहयोगी भावनाको हुनुहुन्थ्यो । केहि वर्ष पहिले श्रीमान गुमाउनुभएकी खेमकुमारीको अहिलेको वर्षाले ज्यान नै लग्यो । ठुली बुहारी र आँफू बस्दै आएको खेमकुमारी उक्त घटना हुनुभन्दा १० मिनेट अगाडि गाउँलेकै घरमा मकै खाएर आउनुभएको थियो । सुतिरहेकी बुहारीलाई उठाएर घरमा आएको भल तर्काउने बेला एक्कासी पहिरो आउँदा घरले च्यापिएर खेमकुमारीको मृत्यु भएको थियो भने बुहारी रीता मल्ल भागेर ज्यान जोगाउनुभएको स्थानीयले बताएका छन् । विदेश भएका छोरा आएपछि मात्रै शवको दाहसंस्कार गर्ने भएपछि खेमकुमारीको शव वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको छ ।

    सोमवार, आषाढ २५ २०८१०८:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend