Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सात महिना सम्म पनि आइसोलेसन नबनाएको भन्दै पैयूँमा सर्वत्र आलोचना 

सात महिना सम्म पनि आइसोलेसन नबनाएको भन्दै पैयूँमा सर्वत्र आलोचना 

  • PNN Times
  • बिहिवार, कार्तिक ६ २०७७


  • सात महिना सम्म पनि आइसोलेसन नबनाएको भन्दै पैयूँमा सर्वत्र आलोचना 


    कार्तिक ६, पैयूँ । कोरोना सक्रमितका बिरामी राख्न आईसोलेसन नहुदा पैयूँ गाउँपालिकाको अहिले सर्वत्र आलोचना भएको छ । लकडाउन भएको सात महिना बितिसक्दा पनि पैयूँ गाउँपालिकाले सामान्य आइसोलेसन बनाउन नसकेको भन्दै पैयूँका नागरीकले सर्वत्र आलोचना गरेका हुन ।

    केही दिन यता पैयूँमा कोरोना संक्रमितका बिरामी भेटिएका छन । संक्रमित सबैलाई राख्न पैयूँले सात महिना पछि पनि जिल्ला सदरमुकाम कुश्मामा पठाउने गरेको छ । सोही कुराको अहिले सर्वत्र आलोचना भएको हो । कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएका सक्रमितलाई समेत गाउँपालिकाले कुश्मा पठाउने गरेको छ ।

    images

    एक हप्ता अगाडि कोरोना सक्रमण भएर कुश्मा पुगेकाहरुले त्यहाँ कुनै पनि राम्रो सेवा सुविधा नभएको र स्कुलमा बेड बिस्तारा मात्र रहेको जानकारी दिएका छन । उनिहरुले समेत अन्य सक्रमितलाई कुश्मा नपठाएर पैयूँमा नै राख्न सुझाब दिएका छन ।

    तर पैयूँ गाउँपालिकाले भने आइसोलेसनको पनि पूर्वाधार निर्माण नभएको कारण कुश्मा पठाउन परेको जानकारी दिएको छ ।

    केन्द्र सरकारले हरेक स्थानिय तहमा आइसोलेसन केन्द्र निर्माण गर्न एक महिना अगाडि १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । एक जना डाक्टर, अहेव र सहयोगी सहित भौतिक पूर्वाधारमा उक्त रकम खर्च गर्न पाइने छ ।

    तर पैयूँगाउँपालिकाले भने कर्मचारीको आवेदन खुलाउन बाहेक अरु केही काम गर्न भने सकेको छैन । सरकारले तिन महिना सम्मको लागि  १० लाख रुपैयाँ दिने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका कर्मचारी प्रविन भण्डारीले जानकारी दिए  ।

    तिन महिना सम्मको लागि भनेको भए पनि अहिले एक महिना बितिसकेको छ । अन्य पालिकाहरुले कोरोना सक्रमित नागरीक आफ्नै पालिकामा राख्न सुरु गरेपनि पैयूँले भने अझै कुश्मा पठाउदै आएको छ ।

    सामान्य अवस्थामा पनि कुश्मा जान परेकोमा संक्रमितहरुले समेत बिरोध जनाएका छन । 

    बिहिवार, कार्तिक ६ २०७७०८:५९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend