Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हरिशयनी एकादशीका दिन छायाँक्षेत्र मन्दिरमा उल्लेख्य उपस्थिति

हरिशयनी एकादशीका दिन छायाँक्षेत्र मन्दिरमा उल्लेख्य उपस्थिति

  • गोपाल जिटी
  • बुधवार, श्रावण २ २०८१


  • हरिशयनी एकादशीका दिन छायाँक्षेत्र मन्दिरमा उल्लेख्य उपस्थिति

    साउन २, स्याङ्जा 
    स्याङ्जाको प्रसिद्ध ऐतिहासिक छायाँक्षेत्र मन्दिरमा आज बुधबार हरिशयनी एकादशीका दिन उल्लेख्य दर्शनार्थीले स्नान एवम् मन्दिर दर्शन गरेका छन्  । मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा हरेक पर्व विशेषमा भक्तजनहरुको घुँईचो लाग्ने गर्छ ।
    तुलसी रोप्ने एकादशी साउन महिनामा परेकाले पनि भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । योसँगै साउन महिना भगवान शिवको महिना भएकाले भक्तजनको विशेष भीड लाग्ने गर्दर्छ । बुधबार हरिशयनी एकादशीका अवसरमा मन्दिर स्नान तथा पूजापाठका लागि छायाँक्षेत्र मन्दिरमा भक्तजनको विषेश उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक सङ्कलन समिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।C1.jpg
    हरिशयनी एकादशीको अवसरमा छायाँक्षेत्र मन्दिर आउनेहरुबाट १ लाख ८९ हजार ७ सय ७ रुपैयाँ भेटि संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक सङ्कलन समिति संयोजक पौडेलका अनुसार मन्दिरमा दानपेटिकाबाट १० हजार ६ सय ५०, भजनमण्डलीबाट ३९ हजार १ सय ३०, स्टल बिक्रिबाट २ हजार, पार्किङ सेवाबाट ५ हजार र सहयोग रसिदबाट २२ हजार ५ सय ७, आजीवन सदस्यताबाट ५० हजार, जलधाराबाट ३० हजार १ सय १०, शिव लिंगमा चढाईएको ३० हजार १ सय १० गरी १ लाख ८९ हजार ७ सय ७ रुपैँया भेटि संकलन भएको हो ।
    यसरी विभिन्न पर्व विशेषबाट सङ्कलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । यहाँ विशेषगरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउने संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचतुर्दशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ ।
    छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ ।

    बुधवार, श्रावण २ २०८१०६:००:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend