Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा सडक नाटक प्रदर्शन

वालिङमा सडक नाटक प्रदर्शन

  • गोपाल जिटी
  • शुक्रवार, श्रावण ४ २०८१


  • वालिङमा सडक नाटक प्रदर्शन

    साउन ४, वालिङ
    वालिङमा साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शन गरेको छ । वालिङ ८ स्थित साइनभिलेज इन्टरनेशनल एकेडेमीले जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरेको हो । एकेडेमीद्वारा आयोजित कार्यक्रममा आफ्ना विद्यार्थीहरुद्वारा अभिनित सडक नाटकसँगै नृत्य एवम् गायन प्रदर्शन गरिएको थियो । गल्याङ नगरपालिकाको १ नम्वर वडा अन्तर्गत रामदीस्थित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको सहयोगार्थ सडक नाटक प्रदर्शन गरिएको एकेडमीले जनाएको छ । जेष्ठ नागरिक सहयोगार्थको व्यानरसहित वालिङको मुख्य बजारको चोक (मोड) मा नाटक प्रदर्शन गरिएको हो । 
    विद्यार्थीहरुको अन्तरनिहित क्षमता विकाससँगै बालबालिकाहरुमा वृद्ध बाबा आमाहरु प्रति आदरभाव जागृत होस भनेर पनि उनिहरुद्वारा अभिनित सडक नाटक प्रदर्शन गरिएको एकेडेमीका संयोजक तेजप्रसाद पङ्गेनीले जानकारी गराउनुभयो । आज पहिलो कार्यक्रम गरिएको र आगामी दिनमा क्रमशः रामबाच्छा, बयँरघारी, बायँटारीलगायतका स्थानहरुमा पनि समय मिलाएर गर्दैजाने संयोजक पङ्गनीले बताउनुभयो । आगामी कार्यक्रमहरु अन्य क्षेत्रको सहयोगार्थ गरिने संयोजक पङ्गेनीले उल्लेख गर्नुभयो ।
    वृद्ध बाबा आमाहरुको सेवा गर्नु हामी सबैको दायित्व हो, त्यसैले विद्यार्थीहरुको कलाकौशलतासँगै संस्थागत सहयोगका लागि सडक नाटक प्रदर्शन सुरु गरिएको एकेडेमीका अतिरिक्त कृयाकलाप संयोजक देवराज गैह«ेले बताउनुभयो । बालबालिकाहरुलाई पढाईसँगै आन्तरिक क्षमता विकासमा पनि सरिक गराउनुपर्छ भनेर एकेडेमीले अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई प्राथमिकता दिएको गैह«ेले व्यक्त गर्नुभयो ।W1.jpg
    कार्यक्रममा नाटक प्रदर्शनसँगै चेतनामूलक कविता वाचन, बालबालिकाहरुद्वारा नृत्य एवम् गायन प्रस्तुत गरिएको थियो । पछिल्लो समयमा आएर सडक नाटक प्रदर्शनीलगायतका कार्यक्रम नभैरहेका बेला एकेडेमीले बालबालिकाहरुको अभिनयमा गरिएको प्रस्तुतिलाई दर्शकहरुले रुचिकासाथ हेरे । बालबालिकाहरुद्वारा अभिनित नाटकलगायतका प्रस्तुतिले दर्शकहरुलाई निकै आकर्षित गरेको थियो । बालबालिकाहरु पनि आफ्नो कला प्रदर्शनमा निकै उत्साही देखिएका थिए । करिव एक घण्टाको कार्यक्रममा वालिङ मोड दर्शकहरुले भरिभराउ भएको थियो । 

    शुक्रवार, श्रावण ४ २०८१०६:३२:३२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend