Logo

आइतवार, कार्तिक २ गते २०८३

images

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा वृहत रक्तदान कार्यक्रम गरिने

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा वृहत रक्तदान कार्यक्रम गरिने

  • गोपाल जिटी
  • आइतवार, श्रावण ६ २०८१


  • राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा वृहत रक्तदान कार्यक्रम गरिने

    स्याङ्जा, साउन ६
    राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वालिङमा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले भोलि सोमबार वृहत रक्तदान कार्यक्रम गर्ने भएको हो । 
    वालिङलगायत समग्र जिल्लास्थित संघ संस्था एवम् जिल्लावासी सम्पूर्ण महानुभावहरुलाई रक्तदान कार्यक्रममा सहभागिताका लागि युवासंघ स्याङ्जाले अनुरोधसमेत गरेको छ । रगतको अभावमा कोही छटपटिएर मर्न नपरोस भनेर वार्षिक नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आएको संघका अध्यक्ष राजन पोख्रेलले बताउनुभयो । रक्तदान जीवन दान हो, यो महान कार्यमा हामी सबै सहभागी हुन आवश्यक छ, युवासंघ स्याङ्जाले भनेको छ ।
    कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद सीता सुन्दास रहनुहुने युवासंघ  स्याङ्जाका अध्यक्ष पाख्रेलले जानकारी गराउनुभयो ।Blood.jpg

    आइतवार, श्रावण ६ २०८१०९:४१:०२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend