साउन ६, वालिङ
स्याङ्जामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका ५ चौर बस्ने वर्ष ३१ की शुशिला कार्कीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । आईतबार दिउँसो पौने १ बजेको समयमा आफ्नो ब्रोईलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लागि घाइते भई भएकी शुसिलाको जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।