Logo

आइतवार, कार्तिक २ गते २०८३

images

प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्रमा दैनिक महाआरती

प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्रमा दैनिक महाआरती

  • गोपाल जिटी
  • मंगलवार, श्रावण ८ २०८१


  • प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्रमा दैनिक महाआरती

    वालिङ, साउन ८ 
    स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा दैनिक महाआरती शुरु भएको छ । श्रावण महिना भगवान शिवको प्रिय महिना भएकाले मन्दिरमा साँझको समयमा दैनिक महाआरती शुरु गरिएको हो । भीरकोट ४ छाङछाङदीमा रहेको ऐतिहासिक मन्दिर छायाँक्षेत्रमा पहिलो सोमबारदेखि महाआरती शुरु भएको हो । मन्दिरमा २०७५ सालमा पहिलो पटक महाआरती गरिएको थियो भने त्यसपछि यो दोस्रो पटक मन्दिरमा महाआरती गरिएको हो ।
    श्रावण महिना आँफैमा पवित्र महिना भएको र शिव भगवानको स्तुति गर्ने महिना भएकाले पनि श्रावण महिनामा महाआरती गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । महाआरतीमा सहभागी भई पूण्य प्राप्त गर्न अध्यक्ष श्रेष्ठले भक्तजनहरुलाई आग्रह गर्नुभयो । आफ्ना पितृहरुको स्मरणमा, विभिन्न शुभ कार्य, जन्मोत्सवका अवसरमा भक्तजनहरुले महाआरती गराउन सक्ने उहाँले बताउनुभयो । यो महाआरती गराउनका लागि न्युनतम शुल्क तोकिएको भन्दै मन्दिरलाई आम्दानी भन्दा पनि भक्तजहरुको चाहना र भगवानको महिमाको लागि महाआरती शुरु गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।Chh.jpg
    यहाँ विशेष गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । मन्दिरमा मनोकांङ्क्षा पूरा हुने विश्वासले स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङ लगायत टाढाटाढाबाट मन्दिर दर्शनका लागि आउने गरेका छन ।

    मंगलवार, श्रावण ८ २०८१०४:४१:४७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend