Logo

आइतवार, कार्तिक २ गते २०८३

images

देशमा सङ्कट आइपरेकाले एमाले र कांगे्रस मिलेर अगाडि बढेका हुन् ः एमाले सचिव अर्याल

देशमा सङ्कट आइपरेकाले एमाले र कांगे्रस मिलेर अगाडि बढेका हुन् ः एमाले सचिव अर्याल

  • गोपाल जिटी
  • शुक्रवार, श्रावण ११ २०८१


  • देशमा सङ्कट आइपरेकाले एमाले र कांगे्रस मिलेर अगाडि बढेका हुन् ः एमाले सचिव अर्याल

    वालिङ,साउन —११
    नेकपा एमालेका सचिव पद्मा अर्यालले मुलुकमा सङ्कट आइपरेकाले कांगे्रस र एमाले मिलेर अगाडि बढेको बताउनुभएको छ । ईतिहास हेर्ने हो भने मुलुकमा संकट परेका बेला कांगे्रस र एमालेले नै काँधमा काँध हातमा हात मिलाएर अगाडि बढेको सचिव अर्यालले औंल्याउनु भयो । पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाले पुष्पलालको ४६औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै पुर्व मन्त्रीसमेत रहनुभएकी सचिव अर्यालले यस्तो बताउनुभएको हो ।
    पुस्तक विमोचन तथा पुष्पलाल र वर्तमान परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सचिव अर्यालले भन्नुभयो,“एमाले र कांगे्रस मिलेर अगाडि बढेका बेला देशले केहि नयाँ प्राप्ती गरेको छ । नयाँ कामहरु भएका छन् । निर्वाचनका बेला देखि प्रमुख प्रतिपक्षी भएका एमाले र कांगे्रस देशमा संकट पर्दा संगै अगाडि बढेका हुन् ।”
    निर्वाचनका बेला पुनः आफ्नै ढंगले अगाडि बढ्ने भन्दै मुलुकबाट सङ्कट मोचन गर्नका लागि दूई प्रतिपक्षी दल मिलेर देशको नेतृत्व गरेको एमाले सचिव अर्यालले बताउनुभएको हो । पुष्पलालले निर्माण गरेको नेकपा एमाले आज देशको प्रमुख पार्टी भएको भन्दै एमालेसहित अन्य बामपन्थी पार्टीहरु स्थापनामा पनि पुष्पलालकै योगदान रहेको उहाँले बताउनुभयो । पुष्पलालको विचार आज पनि ताजै रहेको भन्दै उहाँको विचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढेमा कम्युनिष्ट आन्दोलनले सार्थकता प्राप्त गर्ने सचिव अर्यालको भनाई छ ।
    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीको “मेरो भूमिगत यात्रा” संस्मरणात्मक निबन्ध संग्रह र साहित्यकार अनन्त अर्यालको कालापत्थर कविता संग्रह गरी दुइवटा पुस्तकको विमोचन गरिएको छ । कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य पराजुलीले पुष्पलाल र वर्तमान परिस्थिति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि इञ्जिनियर ओम शर्माले टिप्पणी गर्नुभएको थियो । 

    शुक्रवार, श्रावण ११ २०८१०६:०५:१४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend