साउन—१२ स्याङ्जा
शुक्रबार आँधीखोलामा पौडी खेल्दा बेपत्ता भएका विद्यार्थी भेटिएका छन् । वालिङ बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हरिनासका शिव पोख्रेल बायटारी स्थित वालिङ १३ र गल्याङ ८ को सिमाना आँधीखोला किनारमा शनिबार मृत भेटिएका हुन् ।
हरिनास गाँउपालिका ५ वसन्तडाँडाका पोख्रेल वालिङ ८ विपिचोकमा डेरा गरी बसेका र वालिङ बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । पोख्रेल शुक्रबार वालिङ ११ अमलेस्थित आँधीखोलामा पौडी खेल्न गएका थिए ।
क्याम्पसले एक सूचना प्रकाशित गर्दै विहान साढे ११ बजे क्याम्पसमा आधा घण्टा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । शिव क्याम्पसमा अति जेहेन्दार र अनुशासित विद्यार्थी रहेको कायम मुकायम प्रमुख युवराज पाठकले जानकारी दिनुभयो ।