Logo

आइतवार, कार्तिक २ गते २०८३

images

छायाँक्षेत्रमा महाआरती, भक्तजनहरुको आकर्षण बढ्दै

छायाँक्षेत्रमा महाआरती, भक्तजनहरुको आकर्षण बढ्दै

  • गोपाल जिटी
  • सोमवार, श्रावण १४ २०८१


  • छायाँक्षेत्रमा महाआरती, भक्तजनहरुको आकर्षण बढ्दै

    साउन १४, स्याङ्जा
    बिभिन्न शिवालयहरुमध्ये छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिर पनि एक प्रशिद्ध स्थल हो । स्याङ्जा जिल्लाकै मध्येभागमा पर्ने भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी छायाँक्षेत्र सिद्धार्थ राजमार्गसँग जोडिएकाले यातायातका हिसाबले पनि सुगम छ । ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्व, शान्त र मनोरम वातावरणसँगै यातायातको सुगमताका कारण भक्तजनहरुको आकर्षण बढ्दो छ । यसकासाथै छाङ्छाङ्दी छायाँक्षेत्र दर्शनका लागि भक्तजनहरु आवागमनमा वृद्धि भैरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साउन महिना भगवान शिवको प्रिय महिना भएकाले साँझको समयमा दैनिक महाआरती गरिदै आइएको छ । महाआरती भक्तजनहरुका लागि भगवानको आराधना गर्ने थप अवसर हो । जसका कारण साउन महिना लागेदेखि साँझको समयमा पनि दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ ।Chh4.jpg
    हिन्दु धर्मावलम्वीहरुले साउन महिना भगवान शिवको महिमाकारुपमा लिइने भएकाले दर्शनार्थी आवागमन बढिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताउनुभयो । ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्वको छायाँक्षेत्रमा भगवान शिवको आराधनाका लागि साउन महिनामा दर्शनार्थीहरुको चाप बढिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबार विहानैदेखि दर्शनार्थीहरुको विशेष उपस्थिति हुने गर्दछ । साउन लागेदेखि साँझ दैनिक महाआरती हुने भएकाले प्रभाव बढेको पाएका छौं । साँझको महाआरतीमा अझ धेरैजना उपस्थित भई आध्यात्मिक आनन्द लिने गनुृहुन्छ ।”
    दर्शन गर्न आउनेहरुबाट हुने दान तथा भेटी मन्दिरको मुख्य आम्दानीको स्रोत हो । बजार व्यवस्थापन, पार्किङ शुल्क तथा मन्दिर भित्र र बाहिर दान पूण्यलगायतबाट जम्मा भएका रकम मन्दिरको पूर्वाधारका लागि खर्च गरिदै आएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । योसँगै मन्दिर परिसर सुविधायुक्त बन्दै आएको छ भने छायाँक्षेत्रको महत्वकावारेमा पनि जानकारी हुँदैजाँदा दर्शनार्थीहरुको चाप बढ्दै गएको उहाँको भनाई छ ।
    सनातन हिन्दु धर्मावलम्वी एवम् सम्पूर्ण महानुभावहरुका लागि यो पवित्र तीर्थ स्थल हो, सकिन्छ भने दैनिक पाठ पूजा गर्दा राम्रो हो, होइन भने पनि नजिकहुनेहरु दिनभरीको काम सकेर साँझमा हुने महाआरतीमा सहभागी हुन सकिन्छ । यसकासाथैै एक घण्टा भगवानको आराधनाले तनावबाट मुक्त भई आनन्दको अनुभूति गर्न सकिने भएकाले सहभागिता जनाई महाआरतीको अवसर उपयोग गर्नुहने छ भन्नेमा आँफू विश्वस्त रहेको अध्यक्ष श्रेष्ठको भनाई छ  ।

    सोमवार, श्रावण १४ २०८१०५:५७:३७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend