Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मेलमिलापबाट समाधान हुनेक्रम बढ्दो, न्यायीक समिति प्रभावकारी बन्दै

मेलमिलापबाट समाधान हुनेक्रम बढ्दो, न्यायीक समिति प्रभावकारी बन्दै

  • PNN Times
  • बिहिवार, श्रावण १७ २०८१


  • मेलमिलापबाट समाधान हुनेक्रम बढ्दो, न्यायीक समिति प्रभावकारी बन्दै

    साउन १७, पाल्पा 
    पाल्पाको रामपुर नगरपालिकामा न्यायिक समिति प्रभावकारी बनिरहेको छ । 
    नगरपालिकाको न्यायीक समितिमा आर्थिक वर्ष २०८०÷०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको थिए । यीमध्ये ५५ वटा उजुरी मेलमिलापको माध्यमबाट समाधान भएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा बढि हो । योसँगै नगरपालिकाको न्यायीक समिति नागरिकहरुकाबीच प्रभावकारी बनेको तथ्याङ्कले देखाएको हो । 
    जग्गा विवाद, सम्बन्ध विच्छेद, महिला बालबालिका यौन तथा घरेलु हिंसा, पारिवारिक विवाद,व्यक्तिवादी, ज्याला नदिएको, कुलो,बाटो,साँध सिमा ,खानेपानी सम्बन्धी विवादका उजुरी न्यायीक समितिमा छलफलका लागि दर्ता भएका छन् । जसमध्ये सबै भन्दा बढि जग्गा विवादका उजुरी दर्ता भएको पाइएको छ । यो आर्थिक वर्षमा २५ वटा जग्गा विवाद, व्यक्तिवादी उजुरी २३ वटा, सम्बन्ध विच्छेद सम्मको अवस्था पुगेका  उजुरी १२ वटा, कूलो बाटो ,साँध सिमाना, खानेपानीका ११ वटा उजुरी, पारिवारिक विवादका ७ वटा, महिला बालबालिका यौन तथा घरेलु हिंसाका ५ वटा , ज्याला नदिएको ४ वटा उजुरी दर्ता भएको न्यायीक समितिका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले जानकारी गराउनुभयो । 20240801_155334.jpg
    यसैगरी २ वटा फिर्ता लिएको, ३ वटा उजुरी जिल्ला अदालतबाट फैसला भएको र योसमेत गरी ६० वटा उजुरी टुंगिएको छ भने १७ वटा उजुरी प्रक्रियामा रहेको संयोजक थापाले बताउनु भएको छ । यस्तै ९ वटा उजुरी छलफल हुन बाँकी रहेको र सम्बन्ध विच्छेद सम्मको अवस्थाको एउटा उजुरी सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । न्यायीक समितिमा दर्ता भएका विवादका उजुरीलाई छलफलको माध्यमबाट दुबै पक्षलाई मेलमिलाप गराई पठाईएको उहाँले बताउनुभयो । 
    “नगर स्तरीय न्यायीक समिति र वडामा रहेका मेलमिलापकर्ता मार्फत विभिन्न विवादका दुवै पक्षलाई मेलमिलाप गराईएको छ “न्यायीक समिति संयोजक थापाले भन्नुभयो– “दुवै पक्ष सन्तुष्ट हुने किसिमले धेरै विवादको समाधन गरेका छौँ ।“ छलफलको माध्यमबाट विवाद समाधानका लागि दुवै पक्ष सहमति भए पनि कार्यान्वयनमा समस्या रहेको थापाले उल्लेख गर्नुभयो । “मेलमिलाप हुन्छ तर केही उजुरीको कार्यान्वयनमा समस्या छ, यसको कारवाही प्रक्रिया थाह नहुँदा अन्यौलमा छौँ “–उहाँले भन्नुभयो । न्याय सम्पादन प्रति नगरबासीको विश्यवसनियताका कारण पनि धेरै विवादहरु न्यायीक समितिमा छलफलका लागि आउने गरेको संयोजक थापाले बताउनु भएको छ । न्यायीक समितिमा दर्ता भएका उजुरी मध्ये १० वटा उजुरी वडा ÷वडामा रहेका मेलमिलापकर्ता मार्फत मेलमिलाप गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा भएका विभिन्न विवादलाई स्थानीयस्तरमै समाधान गर्नका लागि १० वटै वडामा मेलमिलाप केन्द्र रहेको छ । साथै विगतमा १९ जना मेलमिलापकर्ता रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ मा १८ जना थपगरी ३७ जना मेलमिलापकर्ता तोकिएको छ भने उनिहरुलाई मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम समेत प्रदान गरेको थियो । गाँउ तथा टोलमा भएका विवादलाई छलफलको माध्यमबाट मेलमिलाप गराउनका लागि वडामा भएका मेलमिलाप केन्द्रलाई व्यवस्थित र प्रभावकारी बनाउदै लगिने नगरपालिकाले जनाएको छ ।

    बिहिवार, श्रावण १७ २०८१०५:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend