Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउनेको भिड, सामाजिक सुरक्षा भत्ताका लागि हाललाई जरुरी नपर्ने

वालिङमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउनेको भिड, सामाजिक सुरक्षा भत्ताका लागि हाललाई जरुरी नपर्ने

  • गोपाल जिटी
  • मंगलवार, श्रावण २२ २०८१


  • वालिङमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउनेको भिड, सामाजिक सुरक्षा भत्ताका लागि हाललाई जरुरी नपर्ने

    साउन—२२, वालिङ
    राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउन ईलाका प्रशासन कार्यालय वालिङमा दिनहुँ भिड लागिरहेको छ । राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन अधिकांश बृद्धबृद्धाहरु कार्यालयमा बढी आउने गरेका छन् । यसअघि वडा वडामा राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन घुम्ती शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा फोटो खिचाएपनि राष्ट्रिय परिचय पत्र नम्बर भने नआएको र शिविरबाट छुटेकाहरु, राहधानी बनाउनेहरु बढीजसो फोटो खिचाउन पुगेका छन् ।
    सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भनिएपछि प्रशासनमा दिनहुँ भीड लाग्न थालेको हो । तर अहिले नै सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य नभएको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख सुवास शर्मा  पौडेलले बताउनुभयो । अहिले कार्यालयमा नागरिकता बनाउने र राहधानी बनाउने भन्दा पनि राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने नै बढी छन् ।20240805_121219.jpg
    गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको प्रष्ट पारेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय बदल्दै हाललाई सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र हाललाई अनिवार्य नभएको जनाएको हो । यस अगाडि जेठ २४ गतेको मन्त्रिपरिषदको बैठकले पहिलो चरणमा २८ जिल्लामा साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको थियो ।
    कार्यालयमा वालिङ, गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाका पुरै वडा र भीरकोट नगरपालिकाको ४, ५ र ९ नं. वडा, बिरुवा गाउँपालिकाको ६, ७ र ८ नम्बर वडा हरिनास गाउँपालिकाको ५, ६ र ७ नम्बर वडाका नागरिकले सेवा लिँदै आएका छन् । प्रशासनले दैनिक १ सय जनाको फोटो खिचाउँदै आएको छ । जेष्ठ नागरिकहरुको बायोमेट्रिक छिटो छरितो नहुँने कारण एकजनाको फारम भरेर फोटो खिचाउँदा १५ मिनेटसम्म लागेको र केहि ढिलो भईरहेको कार्यालयले जनाएको छ ।
    कर्मचारी सङ्ख्या कम भएकाले कामको चाप बढि भैरहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । साँझ ५ वजेपछि पनि सेवा दिएर सेवाग्राहीलाई पठाउने गरेको उहाँको भनाई छ ।

    मंगलवार, श्रावण २२ २०८१०३:५८:५१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend